सामुहिक खेती मार्फत उत्पादन बढाउन सहज : उपप्रमुख तिवारी ।
वालिङ :
वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले सामुहिक रुपमा खेती गर्दा उत्पादन बढाउन सहज हुने बताउनु भएको छ । बिभिन्न बिषयगत सहकारीहरुलाई बिउबिजन तथा कृषि औजार बितरण गर्दै नगरउपप्रमुख तिवारीले सहकारी मार्फत सामुहिक खेती गर्दा उत्पादन बढ्ने बताउनु भयो । उहाँले भन्नुभयो,‘सहकारी मार्फत सामुहिक खेती गर्दा सबै तिरबाट सहयोग पनि मिल्छ र सामुहिकताको बिकास पनि हुन्छ ।’
कोभिड प्रभावितहरुका लागि लक्षित गरेर सञ्चालन भईरहेको कार्यक्रम मार्फत फाईदा लिन आग्रह गर्दै उपप्रमुख तिवारीले नगरपालिकाले बिभिन्न संघ संस्थासँग मिलेर काम गरिरहेको बताउनु भयो ।
युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालित “कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना” अन्तर्गत बिभिन्न सहकारीहरुलाई बिउबिजन तथा सामाग्री बितरण गरिएको हो ।
परियोजना अन्तर्गत उत्पादकत्व बढाउन बिभिन्न कार्यक्रमहरु सञ्चालन भईरहेकाछन् भने उद्यमशीलता प्रवद्र्धनका लागि बिभिन्न क्रियाकलाप सञ्चालन भईरहेकाछन् ।
.

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


