सामुहिक खेती मार्फत उत्पादन बढाउन सहज : उपप्रमुख तिवारी ।
वालिङ :
वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले सामुहिक रुपमा खेती गर्दा उत्पादन बढाउन सहज हुने बताउनु भएको छ । बिभिन्न बिषयगत सहकारीहरुलाई बिउबिजन तथा कृषि औजार बितरण गर्दै नगरउपप्रमुख तिवारीले सहकारी मार्फत सामुहिक खेती गर्दा उत्पादन बढ्ने बताउनु भयो । उहाँले भन्नुभयो,‘सहकारी मार्फत सामुहिक खेती गर्दा सबै तिरबाट सहयोग पनि मिल्छ र सामुहिकताको बिकास पनि हुन्छ ।’
कोभिड प्रभावितहरुका लागि लक्षित गरेर सञ्चालन भईरहेको कार्यक्रम मार्फत फाईदा लिन आग्रह गर्दै उपप्रमुख तिवारीले नगरपालिकाले बिभिन्न संघ संस्थासँग मिलेर काम गरिरहेको बताउनु भयो ।
युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालित “कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना” अन्तर्गत बिभिन्न सहकारीहरुलाई बिउबिजन तथा सामाग्री बितरण गरिएको हो ।
परियोजना अन्तर्गत उत्पादकत्व बढाउन बिभिन्न कार्यक्रमहरु सञ्चालन भईरहेकाछन् भने उद्यमशीलता प्रवद्र्धनका लागि बिभिन्न क्रियाकलाप सञ्चालन भईरहेकाछन् ।
.

समाचार
थप सामाग्री
फूल बेचेर राम्रो आम्दानी गर्दै चापाकोटका कृषक भण्डारी ।
२ हप्ता अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको चापाकोट नगरपालिका–१, बेलडाँडाका कृषक तुलसीराम भण्डारीले फूल बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । भण्डारीले यो…


