संबिधानकाे मर्म र भावना बिपरित राष्ट्रपति अघि बढ्नु दुखद : कांग्रेस संगठन बिभाग प्रमुख श्रेष्ठ ।

gopal man shrestha


भवानी अधिकारी/स्याङ्जा :
नेपाली कांग्रेसका केन्द्रीय सदस्य, संगठन बिभाग प्रमुख एवं पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले संबैधानिक राष्ट्रपति बिद्यादेवी भण्डारीले संबिधानको मर्म र भावना बिपरितका काम गरेको बताउनुभयो ।
पुतलीबजार नगरपालिका १४ स्थित महेन्द्र स्मृति पार्कमा महेन्द्र शाहको शालिक अनावरण गर्दे प्रमुख श्रेष्ठले राष्ट्रपति सबैको साझा भएको बताउदै कुनै अमुख पार्टीको सल्लाहकार बन्न नहुने बताउनुभएको हो । उहाले भन्नुभयो ‘उहाँ हामी सबैको राष्ट्रपति हो । तर, उहाँले आफनो मूल्यांकन र महत्वलाई घटाएर कम्यूनिष्ट पाटी मिलाउनेमा सक्रिय रहनुभयो।’
उहाले लोकतन्त्र र नागरिक स्वतन्त्रताका लागि जीवन उत्सर्ग गर्ने महेन्द्र शाहका योगदानलाई स्मरण गर्दे सबै एकजुटभई अघि बढ्नु पर्नेमा जोड दिनुभयो । नेपाल बिद्यार्थी संघमा आवद्ध शाह विस २०३६ सालमा १८ बर्षे उमेरमा शासकको गोली लागी महेन्द चोकमै ढलेका थिए।
तत्कालिन राजाले जनमत संग्रहको घोषणापछि नेपाली कांग्रेसले खुशीयाली मनाएका बेला जगदीश शाहको घरमा ढुंगा हानेको बहानामा तत्कालिन प्रशासनले फायर खोलेपछि शाहलाई गोली लागी मृत्यु भएको बताइएको छ ।

.


कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय आमन्त्रित सदस्य भूमिबहादुर गुरुङ विश्व, गण्डकी प्रदेश संसदीय दलका उपनेता मेखलाल श्रेष्ठ, नेपाली कांग्रेस सभापति कुमार राना, स्कुल अफ डेमोक्रेसीका केन्द्रीय अध्यक्ष नैनसिंह महर, नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष सरस्वती अर्याल, महासमिति सदस्य तुलसी गिरी, हिरादेवी शर्मा, देवी अर्याल, जनप्रतिनिधी दिलिपप्रताप खाँण र छायाँराम खनाल, प्रवक्ता ईन्दब्रबहादुर गोदार, महिला नेतृ सीमा क्षेत्री कर्माचार्य, संगठन बिभाग केन्द्रीय सदस्य शेरबहादुर थापा, क्षेत्रीय सभापति तुलसीराम रेग्मी, तरुण दलका पूर्व अध्यक्ष अर्जुनप्रकाश अर्याल, महेन्द्र शाह स्मृति प्रतिष्ठानका अध्यक्ष शेरबहादुर राना, आधीखोला गाउँपालिका अध्यक्ष प्रदीप पौडेल, महाधिवेशन प्रतिनिधी प्रेमराज पौडेल, उद्योग वाणिज्य संघका अध्यक्ष बिक्रान्तकुमार श्रेष्ठ सुवर्ण,प्रगतीशिल लेखक दुर्गानारायण ढकाल , नेपाल बिद्यार्थी संघका क्षेत्रीय सभापति बिज्ञान भण्डारी लगायतले शाहका योगदान र उहाका अधुरा काम साकार पार्न सबै कांग्रेसीजनहरु एकजुट हुनु पर्ने बताउनुभएको थियो ।

.

नेपाली कांग्रेसको भातृसंगठन तरुण दलको सक्रियतामो छोराको शालिक घर नजिकै राखेकोमा बुवा मेघबहादुर शाहले खुशी ब्यक्त गर्नुभयो । स्वतन्त्रता र प्रजातन्त्रका निम्ति आवाज उठाउदै गर्दा ज्यान अर्पेको छोराको कार्यलाई अनुशरण गर्दे लोकतन्त्रको रक्षार्थ हजारौं युवा तरुण छोराहरु देशका निम्ति एकजुट हुन आवश्यक रहेको बताउनुभयो ।
गण्डकी प्रदेश सांसद एवं तरुण दल स्याङजाका अध्यक्ष भागवतप्रकाश मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रमा उपाध्यक्ष रविन केसीले स्वागत, उपाध्यष करुणा केसीले धन्यवाद एवं सचिव दिपेन्द्र केसीले संचालन गर्नुभएको थियो ।

.


नेपाल तरुण दलको ६८ औं स्थापना दिवसको अवसर पारेर तरुण दल स्याङजाले महेन्द्र स्मृति पार्कमा सहिद महेन्द्र शाहको अर्धकदको शालिक स्थापना गरेको हो । सोही कार्यक्रमका शाहका बुवा मेघबहादुर शाहका आमा, बुवा, बहिनी र भाइलाई समेत सम्मान गरिएको थियो ।
भिडियाे : वालिङमा जनस्वास्थ्य विपदको घोषणा, एक हप्ताकाे बन्दमा के गर्न पाईन्छ के गर्न पाईदैन : नगरप्रमुख खाँण

Facebook Comments Box
TOP