कांग्रेसबाट केसीको ठाउँमा स्याङजाका मोहन पाण्डे सांसद बन्ने ।

काठमाडौं : नेपाली कांग्रेसका महासमिति सदस्य मोहनप्रसाद पाण्डे संघीय सांसद बन्ने हुनुभएकाे छ । प्रतिनिधिसभा सदस्य सुर्यप्रसाद केसीको निधनपछि रिक्त रहेको स्थानमा पाण्डे सांसद बन्ने हुनु भएकाे हाे ।
गत मंगलबार निधन भएका केसी खस आर्य कोटाबाट सांसद समानुपातिक सांसद बन्नु भएकाे थियाे । निर्वाचन आयोगमा बुझाएको समानुपातीकको बन्दसूचीमा केसीपछि पाण्डेको नाम रहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयाे ।
२०७४ को आम निर्वाचनमा कांग्रेसबाट खस आर्य पुरुषमध्ये पाँच जना सांसद बनेका थिए । त्यतिबेला पाण्डेको नाम छैठौं नम्बरमा थियो ।
पाण्डे को हुन् ?
कालीगण्डकी गाउँपालिका, स्याङ्जाका पाण्डे पहिलो संविधानसभाका सभासद हुनुहुन्छ । २०६४ को संविधानसभा निर्वाचनमा उनी प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ स्याङ्जा–३ बाट निर्वाचित हनु भएकाे थियाे ।
२०३६ सालदेखि विद्यार्थी राजनीतिमा लागेका उनी २०४८ सालमा नेविसंघका केन्द्रीय सदस्य बन्नु भएकाे थियाे । २५ मंसिर २०१९ सालमा जन्मेका पाण्डेले व्यवस्थापनमा स्नातक उत्तीर्ण गर्नु भएकाे छ ।
केसीको निधन भएका कारण बन्दसूचीमा उनीपछि नाम रहेका पाण्डे सांसद बन्ने पक्का भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार संघीय संसद सचिवालयबाट स्थान रिक्त रहेको औपचारिक जानकारी आएपछि मात्रै प्रक्रिया अगाडि बढ्छ । अनलाइनखबरकाे सहयाेगमा
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…