केसीको ठाउँमा स्याङजाका मोहन पाण्डेलाई सांसद बनाउने काँग्रेसको निर्णय ।
काठमाडौं : नेपाली काँग्रेसले आफ्नो पार्टीका एक प्रतिनिधि सभा सदस्यको रिक्त स्थानमा मोहनप्रसाद पाण्डेलाई मनोनयन गर्ने निर्णय गरेको छ। समानुपातिक तर्फका सांसद सूर्यबहादुर केसीको निधन भएकोले उनको स्थानमा पाण्डेलाई मनोनयन गर्ने निर्णय गरेको हो।
शुक्रवार पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले उक्त निर्णय गरेको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयाे ।
‘प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० को उपदफा (२) र प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ४७ को उपनियम (१) बमोजिम रिक्त प्रतिनिधि सभा सदस्यको पदमा सोही नियमावलीको उपनियम (२), (३) र (४) बमोजिम प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचित सदस्य श्री सूर्यबहादुर केसी को निधन भई रिक्त भएको प्रतिनिधि सभा सदस्य पदमा नेपाली कांग्रेस राजनीतिक दलबाट निर्वाचन आयोगमा बुझाइएको सामानुपातिकको वन्दसूचीको क्र.स. १२ मा खस आर्य समूहतर्फ नाम रहनु भएका श्री मोहनप्रसाद पाण्डेलाई प्रतिनिधि सभा सदस्य पदमा मनोनयन गर्ने निर्णय गर्दछ,’ केन्द्रीय समितिको बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ।
प्रतिनिधिसभा सांसद सूर्यबहादुर केसीको कात्तिक १७ गते राति निधन भएको थियो। स्थापित व्यवसायीसमेत रहेका उनी नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत थिए।
समाचार
थप सामाग्री-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
३ हप्ता अगाडि
काठमाडौं मेडिकल व्यवसायी तथा समाजसेवी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ…


