सांसद केसीको निधनमा कांग्रेस संसदीय दल गण्डकीको शोक
पाेखरा : नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य तथा संविधासभाका सदस्य सूर्यबहादुर केसीको निधनप्रति नेपाली कांग्रेस संसदीय दल, गण्डकीले शोक व्यक्त गरेको छ ।
व्यवसायी तथा समाजसेवी समेत रहेका केसीको गएराति साढे १० बजे निवासमै निधन भएको थियो । उनको निधनले नेपाली कांग्रेसलाई अपुरणीय क्षति पुगेको र देशले एक सफल व्यवसायी गुमाएको संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बताए ।
एक विज्ञिप्त जारी गर्दै कांग्रेसले भनेको छ, देशले एक कर्मनिष्ठ राजनीतिकर्मी, एक सफल व्यवसायी, उद्योगी, समाजसेवी, व्यक्तित्व गुमाएको छ । शोकको यस घडीमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली । शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौँ । उहाँले पुर्याएकाे योगदान सदा स्मरणीय हुनेछ ।”
६३ वर्षीय केसीको मंगलबार बिहान पोखरास्थित शान्तिघाटमा अन्त्येष्टि गरिएको छ । उनी पोखरालाई कर्मथलो बनाएर दक्षिण एसियामै चाउचाउ उद्योग खोल्ने पहिलो व्यक्ति समेत हुन् ।
पाेखरा नगर पञ्चायतको प्रधानपञ्च हुँदै संविधानसभा सदस्य र प्रतिनिधिसभा सदस्य बनेका केसीमा सुगरको रोग थियो । गएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको सम्मुखमा उनी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । समाधान न्युजबाट
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


