स्याङ्जाका मोहन प्रसाद पाण्डे बने औपचारीक रुपमा सांसद ।

mohan pandey_1

स्याङ्जा: नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभामा रिक्त समानुपातिक सांसदमा स्याङ्जाका मोहनप्रसाद पाण्डे निर्वाचित हुनु भएकाे छ ।

प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको कात्तिक १७ निधन भएपछि उक्त पद रिक्त थियो । केसी खस आर्य कोटाबाट सांसद समानुपातिक सांसद बन्नु भएकाे थियाे ।

निर्वाचन आयोगमा कांग्रेसले बुझाएको समानुपातिकको बन्दसूचीमा केसीपछि पाण्डेको नाम रहेकोले उहाँ निर्वाचित भएको आयोगका निर्वाचन अधिकृत देवकुमारी गुरागाइँले बताउनु भयाे ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार २०७४ को आम निर्वाचनमा कांग्रेसबाट खस आर्य पुरुषमध्ये ५ जना सांसद बनेका थिए । पाण्डेको नाम छैटौं नम्बरमा थियो ।

संघीय संसद सचिवालयले सांसद निधनको जानकारीसहित आवश्यक प्रक्रिया पूरा गरेपछि आयोगले पाण्डे निर्वाचित भएको घोषणा गरेको हो ।

भिडियाे : वालिङमा जनस्वास्थ्य विपदको घोषणा, एक हप्ताकाे बन्दमा के गर्न पाईन्छ के गर्न पाईदैन : नगरप्रमुख खाँण

काे हुन् पाण्डे ?

त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातक पाण्डे पहिलो संविधानसभा सदस्य हुनुहुन्छ। त्यतिबेला उहाँ स्याङ्जा क्षेत्र नम्बर ३ बाट निर्वाचित हुनु भएकाे हाे ।। पाण्डे स्याङ्जाको बिर्घाका बासिन्दा हुनुहुन्छ ।

२०३७ सालमा विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा थालेका पाण्डे २०४३ सालमा त्रिभुवन वहुमुखी क्याम्पस, पाल्पामा नेविसंघका सभापति हुनु भएकाे थियाे । नेवि संघका केन्द्रीय सदस्य समेत बनिसक्नु भएका पाण्डे नेपाली कांग्रस, क्षेत्रीय सभापति भइसक्नु भएकाे छ ।

Facebook Comments Box
TOP