मन्त्री अर्यालद्वारा कोटाकोटमा सामुदायिक भवन तथा मंदिरको शिलन्यास ।

minister aryal kaligandaki

स्याङ्जा : सिर्जनशील बहुउद्देश्यीय क्लबको अगुवाई तथा संरक्षकत्वमा कालीगण्डकी गाउँपालिका  २, कोटाकोटमा सामुदायिक भवन तथा मंदिर निर्माणकार्यको शिलन्यास भएको छ।  एक समारोहका बीच भूमि व्यावस्था सहकारी तथा गरिबी निबारण मन्त्री पद्मा अर्यालले सामुदायिक भवन तथा मंदिरको शिलन्यास गर्नुभएको हो। शिलन्यास कार्यक्रममा मन्त्री अर्याल , जिसस प्रमुख सिता सुन्दास , उपप्रमुख दिलिप प्रकाश बगाले , प्रजिअ उमेश बस्नेत , कालीगण्डकी गाँउपालीकाका प्रमुख खिम बहादुर थापा , उपप्रमुख सावित्रा कोइराला , नेकपा जिल्ला सचिवालय सदस्य तथा कालीगण्डकी नेकपा कमिटि अध्यक्ष कृष्ण लामिछाने , स्याङ्जा जिल्ला बाल संगठन अध्यक्ष सुजन भट्टराई , वाड नं  २ का अध्यक्ष नर बहादुर राना लगायत विभिन्न सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियोे ।

कार्यक्रममा मन्तव्य राख्ने क्रममा मन्त्री अर्यालले कालीगण्डकीको विकासका लागि गाँउपालीकाका प्रमुख तथा उपप्रमुखसँगको सहकार्यमा शैक्षिक , स्वास्थ्य , सिंचाइ तथा खानेपानी र यातायात लगायत अन्य क्षेत्रको भौतिक पुर्वाधार विकासका लागि प्रदेश सरकारसँगको समन्वयमा संघीय सरकारको तर्फबाट बजेट तथा अनुदानका लागि आफू पछि नहट्ने बताउनुभयो। कालीगण्डकीको सर्वाङ्गिण विकासका लागि गाँउपालीकाका प्रमुख तथा उपप्रमुखको सक्रियता सँगसँगै यहाँका स्थानीयले विकास प्रति देखाएको रूचिले अब कालीगण्डकी सुगम पालिकामा रूपान्तरण हुँदै गएको पनि मन्त्री अर्यालले बताउनुभयो।

यसैबिच गाँउपालीकाका अध्यक्ष खिम बहादुर थापाले वाड  २ को सर्वोपरि हित र विकासका लागि आफू कटिबद्व रहेको बताउनुभयो । भुस्टुङ्ग – रूद्रवेनी सडकखण्ड पिचका लागि गृहकार्य गरिएको , लिफ्टिङ्ग सिचाइ , खानेपानी तथा अन्य सामाजिक विकासका भौतिक पुर्वाधारका संरचना निर्माणका लागि गाँउपालीका तथा प्रदेश र संघीय स्तरबाट बजेट तथा अनुदानका लागि आफू लागि परेको पनि थापाले बताउनुभयो ।कार्यक्रम शोभाकान्त पाण्डेयको स्वागत मन्त्यव तथा क्लबका अध्यक्ष राम प्रसाद पाण्डेयको अध्यक्षता र रमेश प्रसाद पाण्डेयको संचालनमा सम्पन्न भएको थियोे।

Facebook Comments Box
TOP