ओली सरकारको विकल्प छैन : मन्त्री अर्याल

padma

स्याङ्जा :
भुमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्री पद्मा अर्यालले केपी ओली सरकारको विकल्प नभएको बताउनुभएको छ । मन्त्री अर्यालले आईतबार वालिङ १२ को छाप कौलाशे लिफ्टििङ खानेपानी उपयोजनाको शिलन्यास गर्नुहुँदै यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो,‘नेकपा पार्टीभित्रको विवादलाई लिएर सरकारको भविष्य माथि के हुन्छ भन्ने प्रश्नहरु उठेका छन् । यसममा कुनै दुविधा छैन् । ओली सरकारको विकल्प छैन् ।’ वर्तमान सरकार ५ वर्षसम्म निरन्तर रहने भन्दै ओली सरकारले नै देशलाई परिर्वतन गर्ने दिशामा रहेको उहाँको दावी छ ।
कम्युनिष्ठ पार्टी एक गतिशिल पार्टी भएकाले छलफल र विवाद स्वाभाविक भएको भन्दै उहाँले भन्नुभयो, ‘पार्टी भित्र बहस घनिभुत रुपमा चल्छ तर पार्टी फुट्ने कुरा हुँदैन् । दुवै अध्यक्षले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । सदस्यहरुको तहमा प्रतिवेदन पुगेको छ । बहस र छलफल चल्दैमा पार्टी फुट्ने कुनै संभावना छैन् ।’
तातोपानीले घर नजल्ने टिप्पणी गर्दै मन्त्री अर्यालले कम्युनिष्ट पार्टी एक ढिक्का रहने दावी गर्नुभयो । ‘जनताको चाहानले दुई ठुला पार्टी एक भएकाले जनता चाहाँदैनन् पार्टी फुटोस् । जनता कम्युनिष्ट सरकारको विकास अनुभुत गरिरहेका छन् । यही सरकारको निरन्तरता जनताको पनि चाहाना हो ।’ उहाँले भन्नुभयो ।


नेपाल सरकारले सन २०३० सम्म दिगो विकास लक्ष्य हाँसिल गर्ने उद्देश्यका साथ जनताको आधारभुत आवश्यकता पुरा गर्न अगाडि बढेको मन्त्री अर्यालले बताउनुभयो । जनताको आधारभुत आवश्यकता स्वास्थ्य, शिक्षा, खानेपानी जस्ता आवश्यकतालाई परिपुर्ती गर्न विभिन्न योजनाका साथ अगाडि बढेको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘प्रत्येक घरघरमा धारा र शौचालय पु¥याउने योजनाका साथ हामी अगाडि बढेका छौँ । जनता अब डोको र नाम्लोबाट मुक्त हुनेछन् । घरघरमा धारा जडान हुनेछ ।’
४३ करोडको खानेपानी योजना अन्र्तगत वालिङ नगरपालिकाका विभिन्न वडाहरुमा गरी ९ खानेपानी उपयोजनाहरु सञ्चालन हुनेछन् । त्यही योजना अन्र्तगत मन्त्री अर्यालले आईतबार छाप कौलाशे लिफ्टिङ उपयोजना, सिर्सेकोट लिफटिङ उपयोजना, डुडखोला खानेपानी उपयोजना र अधेरीखोला लंकाकोट अर्लुङ भोर्ले उपखानेपानी योजनाको शिलन्यास गर्नुभएको छ । यी ४ योजना बाहेक वालिङ १ मा त्रियासीमा खानेपानी उपयोजना निर्माण शुरु भएको छ भने पेखु, पाठखोला, मिर्दि, रामबाच्छा खानेपानी उपयोजना शिलन्यास हुँन बाँकी रहेका छन् ।

Facebook Comments Box
TOP