कालीगण्डकी ए जलविद्युत केन्द्रको बाधमा छाडियो करीब चार लाख माछाका भुरा ।

kaligandaki_fish

स्याङ्जा : स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा अवस्थित कालीगण्डकी ए जलविद्युत केन्द्रको रिजर्भयएर( बाध) क्षेत्रमा शुक्रबार एक कार्यक्रमका बिच विभिन्न प्रजातिका ३ लाख , ८२ हजार ५०० माछाका भुरा छाडिएका छन् । कालीगण्डकी ए जलविद्युत केन्द्रद्वारा आयोजित माछाका भुरा छाड्ने कार्यक्रममा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापा मगर द्वारा भुरा छाडिएका थिए। गर्दी , हाडे र ठेड प्रजातीका माछा छाडिएको कालीगण्डकी गाउँपालिकाले जनाएको छ।

जलविद्युत केन्द्रको बाधस्थलको माथिल्लो भागमा माछाका सङ्ख्यामा कमि आएकोले प्राकृतिक सन्तुलन कायम गर्न माछाका भुरा छाडिएका कालीगण्डकी ए जलविद्युत केन्द्रका सहायक निर्देशक एवम् लेखा प्रमुख फर्सुराम पाण्डेले जानकारी दिनुभयो। माछा मारेर जिविको पार्जन गर्दै आएका स्थानीय माझी समुदायलाईपनि लक्षित गरि उक्त कार्यक्रमको आयोजना गरिएको कालीगण्डकी ए जलविद्युत केन्द्रका सहायक निर्देशक एवम् लेखा प्रमुख पाण्डेले जानकारी दिनुभयो । सहायक निर्देशक एवम् लेखा प्रमुख पाण्डेका अनुसार कालीगण्डकी ए जलविद्युत केन्द्र द्वारा पहिलो पटक माछाका भुराहरु छाडिएका हुन् ।

शुक्रवार माछाका भुराहरु छाडिदा स्थानीय माझीसमुदायमा खुशी छाएको छ। माछाका भुरा छाड्ने क्रममा स्थानीय माझी समुदायको उल्लेख उपस्थिती रहेको थियो। बाध स्थलको माथिल्लो भागमा छाडिएका माछाका भुराहरु छाडिए पश्चात् सो भागमा कम हुँदै गएको माछाको सङ्ख्यामा वृद्धि आउने अपेक्षा गरिएको छ। जसबाट माछामारेर जिविको पार्जन गर्दै आएका माझीसमुदायलाई सहजता पुग्ने देखिन्छ । कार्यक्रममा कालीगण्डकी ए जलविद्युत केन्द्रका प्रमुख एवम् निर्देशक पशुपति राज गौतम , सहायक निर्देशक एवम् लेखा प्रमुख फर्सुराम पाण्डे , कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापा मगर , वडा नम्बर ७ का वडा अध्यक्ष , केन्द्रका कर्मचारी तथा स्थानीय समुदायको सहभागिता रहेको थियो। (कालिगण्डकी पोष्ट)

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP