गण्डकी प्रदेशमा एक दिन थपिए ४२४ जना संक्रमित ,४ जनाको मृत्यु ।
स्याङ्जा : गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्यामा रेकर्ड ब्रेक भएको छ । आइतबार प्रदेशको ९ जिल्लामा ४ सय २४ संक्रमित थपिएका छन् ।
थपिनेमध्ये ६९.७ प्रतिशत अर्थात २ सय ८३ जना कास्कीका छन् ।
तनहुँमा ४१ संक्रमित थपिँदा नवलपरासीमा ३१, लमजुङमा १९, पर्वतमा १३, गोरखामा १२, स्याङ्जामा १०, बागलुङमा ९ र म्याग्दीमा ६ संक्रमित थपिएका छन् ।
आइतबार प्रदेशमा एकैदिन धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको हो । यस अगाडि १४ कात्तिकमा प्रदेशमा २ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसदिन कास्कीमा १ सय ८३ संक्रमित थपिएका थिए । आइतबार भने १४ गतेका कुल संक्रमितभन्दा झन्डै दोब्बर संक्रमित थपिएका हुन् ।
प्रदेशमा आइतबार ४ संक्रमितको मृत्यु भएको छ । कास्कीका २ र नवलपरासीका २ संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले पुष्टि गरेको छ ।
गण्डकीमा कुल कोरोना संक्रमितको संख्या ७ हजार ७ सय ४० पुगेको छ । तीमध्ये ४ हजार ३ सय ३५ जना निको भएका छन् भने ८० जनाको मृत्यु भएको छ ।
स्याङ्जामा थपिए १० जना सङ्क्रमित ।
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


