पुतलीबजारमा उद्यमशीलता प्रवर्धन बिषयक अन्तरक्रिया ।
भवानी अधिकारी/स्याङ्जा :
पुतलीबजार नगरपालिकामा उद्यमशीलता ब्यवसायिक प्रवर्धन तथा नवप्रवर्तन केन्द्र (इबिक) स्थापनाको अवधारणा एवं उद्यमशीलता सम्बन्धी अन्तरक्रिया गरिएको छ । पुतलीबजार नगरपालिकाको आयोजना तथा सूर्योदय क्लवको ब्यवस्थापन एवं यूएनडीपीको सहयोगमा इबिक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख सीता सुन्दासले इच्छुक नवउद्यमीलाई आवश्यक पर्ने स्रोत, साधन र प्राबिधिक सहयोगमा नगरपालिले सहयोग गरी उद्यमी उत्पादनमा नगरपालिका जुटेको बताउनुभयो । यहाका केही उद्यमीका उत्पादन बिदेशसम्म पुगेको बताउदै अझ धेरै उद्योग र उद्यमी उत्पादन गर्न सबैले सहयोग गर्नुपर्ने उहाको भनाई थियो ।
कार्यक्रममा नेकपाका नगर अध्यक्ष तारा शर्मा, नेपाली कांग्रेस नगर सभापति बेदप्रसाद दोरंगाा, पूर्व नगरप्रमुख जयनारायण श्रेष्ठ, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष जुमकाजी गुरुङ, महिला उद्यमी देवी अधिकारी र चन्द्रकला राना लगायतले उद्यम, उद्योग स्थापना र चुनौतीका बारेमा जानकारी गराएका थिए ।
.

कार्यक्रममा यूएनडिपी गण्डकी तथा लम्बिनी प्रदेश प्रमुख सुदिप अर्यालले उद्यम गर्न चाहने युवाहरुलाई लक्षित गर्दे उनीहरुका लागि आवश्यक तालिम र सुझाव, लगायतका बिबिध पक्षका बारेमा सहजीकरण गर्नेगरी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
नगरप्रमुख सीमा क्षेत्रीले कार्यक्रमको समापन गर्दे नगरपालिकाले ५ सय उद्यमी उत्पादन गर्ने लक्ष्य लिएको जनाउदै नगरपालिकाले कार्यबिधि बनाएर कृषि र पर्यटनलाई उद्यमशीलतामा जोड्ने बताउनुभयो । नगरप्रमुख क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख महेश पुरीले स्वागत एवं शिक्षा प्रमुख बाबुराम बरालले संचालन गर्नुभएको थियो ।
.

समाचार
थप सामाग्री
साहित्यकार अर्याल र पल्लव सम्मानित
२ हप्ता अगाडि
वालिङ: साहित्यकारहरु अनन्त अर्याल र अग्निकुमार पल्लवलाई सम्मान तथा पुरस्कृत गरिएको छ । भेषजराज साहित्य प्रतिष्ठानले स्याङ्जाको वालिङमा गरेको कार्यक्रममा…


