उत्पादन गर्नुस् बजारीकरणका लागि नगरले सहयोग गर्छ : नगर प्रमुख खाँण ।
तोलाकान्त बगाले/वालिङ :
वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले कृषकहरुले उत्पादन गरेको बस्तुको बजारीकरणका लागि नगरपालिकाले सहयोग गर्ने बताउनुभएको छ । ब्यक्तिगत वा सामूहिकरुपमा उत्पादित कृषिजन्य बस्तुको उत्पादनमा जोड दिन कृषकहरुलाई आग्रह गर्नुहुँदै नगर प्रमुख खाँणले उत्पादित बस्तुको बजारीकरणका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।
युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालित “कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना” अन्तर्गत नगर भित्रका कोभिड १९ प्रभावित एक हजार कृषक तथा विभिन्न उत्पादक सहकारीहरुलाई बीउबिजन तथा कृषि औजार वितरण गर्नुहुँदै नगर प्रमुख खाँणले आधुनिक कृषि प्रणालीका लागि आवश्यकत तालिम तथा आधुनिक औजार, उपकरणहरु वितरण गर्दै लगिने बताउनुभएको हो ।
.

कार्यक्रममा वालिङ नगरपालिकाका विभिन्न वडामा रहेका १५ वटा उत्पादक सहकारीमार्फत खेती गरी उत्पादन बढाउने उद्देश्यले बीउबिजन तथा कृषि औजार हस्तान्तरण गरिएको दियालो संस्थाका अध्यक्ष कविता तिवारीले जानकारी दिनुभयो ।
कार्यक्रम अन्तर्गत नगरपालिकाका विभिन्न स्थानमा नर्सरी बनाउनुका साथै आवश्यकता अनुसार कृषि औजार वितरण गरेको छ भने कृषक तथा कोभिड प्रभावितहरुको मागका आधारमा तालिम समेत सञ्चालन भईरहेको छ ।
.


समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


