महिलाहरुको सक्रियताले दीगो आर्थिक प्रगती सम्भव : अध्यक्ष गैह्रे ।
वालिङ :
दियालो संस्थाका अध्यक्ष कविता गैह्रेले महिलाहरुको सक्रियताले मात्रै छिटो र दीगो आर्थिक प्रगती सम्भव रहेको बताउनु भएको छ । वालिङ नगरपालिका वडा नम्वर १३ उदियाचौरमा तरकारीको नर्सरी अनुगमन पछि आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष गैह्रेले महिलाहरुको सक्रियता बिना छिटो प्रगती असम्भव भएको बताउनु भएको हो ।
.

वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालित “कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना” अन्तर्गत स्थानीय सिर्जनशील कृषक समुहको सक्रियतामा नर्सरीको स्थापना गरिएको हो ।
भिडियाे : वालिङमा जनस्वास्थ्य विपदको घोषणा, एक हप्ताकाे बन्दमा के गर्न पाईन्छ के गर्न पाईदैन : नगरप्रमुख खाँण
कार्यक्रममा स्थानीय समाजसेवी चण्डी प्रसाद पाठक, दियालो संस्थाका सचिव सीता गैह्रे गौडेल,कोषाध्यक्ष सीता डुम्रे, दियालो युएनडिपीका कार्यक्रम प्रमख राधाकृष्ण डुम्रे, शिक्षक उद्धव प्रसाद पाठक,कमला पाण्डे पाठक लगायतले बोलेका थिए ।
कार्यक्रममा दियालो संस्थाका तर्फबाट सिर्जनशिल महिला समुहका सदस्यहरुका लागि डस्टविन,कुचो लगायतका सामाग्री समेत हस्तान्तरण गरिएको दियालो संस्थाका सहसचिव सीता गैह्रेले जानकारी दिनुभयो ।
.




समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


