सीपमूलक तालीमले महिलाहरुलाई आत्मनिर्भर बनाउछ : नगरप्रमुख गिरी ।
बिश्व प्रकाश भट्टराई/चापाकोट :
स्याङ्जा चापाकोट नगरपालिकामा ३ महिने सिलाइ कटाई तालीम शुरू भएकाे छ । जलदेबी आमा समूह चापाकोट नगरपालिका वडा नम्बर ५ खासाको आयोजना र चापाकोट नगरपालिका चापाकोटको आर्थिक सहयोगमा तालीम शुरू भएको हो । तालीमकाे शुभारम्भ गर्दै चापाकोट नगरपालिकाका प्रमुख शिव कुमार गिरीले तालीम सिकेर मात्र नहुनी भन्दै व्यवहारमा उतार्न अनुराेध गर्नु भयो। सीपमूलक तालीमले महिलाहरुलाई आत्मनिर्भर बनाउने बताउदै प्रमुख गिरीले तालीम सिकेर आत्मनिर्भर बन्न सहभागीलाई आग्रह गर्नु भएको छ ।
.

कार्यक्रममा वडा नम्बर ५का अध्यक्ष इन्द्र शाही, समाजसेबी दल बहादुर सिङ लगाएतले बाेलेका थिए । कमल मल्ल को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम को सन्चालन भेषराज डोटेलले गर्नु भयको थियोे ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


