पतञ्जलिद्वारा आग्रीडाँडाका २३ घरपरिवारलाई खाद्यान्न सहयोग
तोलाकान्त बगाले/वालिङ :
पतञ्जलिले वालिङ ८ आग्रीडाँडाका २३ घरपरिवारलाई दैनिक उपभोग्य खाद्यान्न उपलब्ध गराएको छ । आयूर्वेद शिरोमणि आचार्य बालकृष्णको निर्देशनमा आफ्नो जन्म ठाउँमा दशैंको उपहारस्वरुप दैनिक उपभोग्य खाद्यान्न उपलब्ध गराईएको हो ।
खाद्यान्न हस्तान्तरण कार्यक्रममा बोल्नुहुँदै वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले आचार्यजीको सहयोगमा सिङ्गो गाउँका लागि खाद्यान्न सहयोग प्राप्त भएको बताउनुभयो । उहाँले नेपालीहरुको महान चाड दशैंको अवसरमा २३ घर परिवारलाई दैनिक उपभोग्य खाद्यान्न उपलब्ध गराएर सहयोग गर्नुभएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।
उहाँले दैनिक ज्यालादारी गरेर गुजारा चलाउने परिवारका लागि पतञ्जलिले खाद्यान्न उपलब्ध गराएर राहत पु¥याएको बताउनुभयो ।
कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष कमलप्रसाद सुबेदीले आचार्य बालकृष्णले आफ्नो जन्मभूमिप्रति देखाउनुभएको सहयोगी भावना अझै बढ्दै गई आगामी दिनमा पनि सहयोगहरु प्राप्त भईरहने विश्वास ब्यक्त गर्नुभयो । कार्यक्रममा पतञ्जलि आयूर्वेद केन्द्र प्रालि नेपालका निर्देशक डा. पवमान सुबेदीले पतञ्जलिले उपलब्ध गराएको सहयोगलाई स्वीकार गरेकोमा नगरपालिकासहित आग्रीडाँडाका स्थानीयहरुमा धन्यवाद ब्यक्त गर्नुभयो । पतञ्जलिले आग्रीडाँडाका २३ घरपरिवारलाई १० केजी चामल, दाल, नुन, तेल, चिनी, चियापत्ति, घ्यू, दुधलगायतका दैनिक उपभोग्य खाद्यान्न उपलब्ध गराएको हो । पतञ्जलिले गत सोमबार पनि पतञ्जलिले वालिङ ११ का ६० घर परिवारलाई दैनिक उपभोग्य खाद्यान्न उपलब्ध गराएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


