वालिङमा कृषि तथा नर्सरी व्यवस्थापन तालिम ।
वालिङ :
वालिङ नगरपालिका वडा नम्वर ९ र १३ मा नर्सरी व्यवस्थापन तथा तरकारी खेती सम्वन्धी तालिम सम्पन्न भएको छ ।
युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालित “कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना” अन्तर्गत कृषकहरुलाई प्रशिक्षण प्रदान गरिएको हो ।
स्थलगत रुपमा नै गरिएको प्रशिक्षण कार्यक्रममा समुहको लागि सामुहिक रुपमा नर्सरी समेत राखिएको छ ।
नर्सरी मार्फत गाँउका कृषकहरुलाई बिरुवा बितरण गरी उत्पादन बढाउने लक्ष्य रहेको दियालो संस्थाका अध्यक्ष कविता तिवारीले जानकारी दिनुभयो । वालिङ नगरपालिकाका १४ वटै वडाका कृषक तथा कोरोना प्रभावितहरुलाई दीगो रुपमा आम्दानी तर्फ लैजाने परियोजनाको मुख्य उद्देश्य रहेको अध्यक्ष गैह्रेले जानकारी दिनुभयो ।
वडा नं १३ को कटौजेमा भएको कार्यक्रममा दियालो संस्थाका सहसचिव सीता गैह्रे, समाजसेवी बालानन्द डुम्रे,अगुवा कृषक गणेश डुम्रे,टिकाराम घर्ती र शुक्र बहादुर जिटी लगायतले बोलेका थिए ।
.

त्यस्तै वडा नम्वर ९ को कार्यक्रममा दियालो युएनडिपी नेपालका फिल्ड अधिकृत गंगाधर खनाल (राजु),सुर्काैदी कृषि सहकारीका अध्यक्ष कृष्ण प्रसाद पंगेनी लगायतले बोलेका थिए ।
वडा नम्वर १३ मा भएको कार्यक्रममा ३८ जना अगुवा कृषकहरुको सहभागिता रहेको थियो त्यस्तै वडा नम्वर ९ मा भएको कार्यक्रममा ३० जना अगुवा कृषकहरुको सहभागिता रहेको थियो ।
दुबै वडामा भएका कार्यक्रममा कृषि प्राबिधिक शोभाकान्त पाण्डे र बिष्णु प्रसाद न्यौपानेले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रम अन्तर्गत नगरका १४ वटै वडामा नर्सरीको स्थापना गर्ने काम भईरहेको दियालो संस्थाले जनाएको छ ।
.

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


