कांग्रेस वडा समितिद्धारा बिपन्न परिवारलाई निर्माण सामाग्री प्रदान
खगेन्द्र पौडेल :
नेपाली कांग्रेस वडा समितिद्धारा वालिङ नगरपालिका वडा नम्वर १० का बिपन्न समुदायलाई निर्माण सामाग्री प्रदान गरेको छ । आम्बोट मोहोरियामा आयोजना गरिएको एक कार्यक्रममा स्थानीय बिपन्न समुदायलाई शौचालय निर्माणका लागि सहयोग सामाग्री हस्तान्तरण गरिएको हो ।
नेपाली कांग्रेस टोल समितिका सभापति ढाकाराम डुम्रे,पूर्ब गाविस उपाध्यक्ष सागर गैह्रे, कांग्रेस जिल्ला सदस्य शोभा गैह्रे लगायतले पार्टीका तर्फबाट स्थानीय ५ दलित तथा बिपन्न परिवारलाई सामाग्री हस्तान्तरण गरेका हुन् ।
प्रति परिवार ६ हजार बराबरको शौचालय निर्माण सामाग्री प्रदान गरिएको टोल सभापति ढाकाराम डुम्रेले जानकारी दिनुभयो । कांग्रेसले स्थानीय कमला सार्की, शर्मीला शार्की, खगीसरा सार्की, हेमकुमारी सार्की र हिमलाल सार्कीलाई आधुनिक शौचालय निर्माणका लागि सामाग्री प्रदान गरेको कांग्रेसले जनाएको छ ।
.


समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


