सिद्धार्थ राजमार्गका घुम्ती काट्दा विभेद गरियो : उपनेता श्रेष्ठ

पाेखरा : गण्डकी प्रदेश, नेपाली कांग्रेस संसदीय दलका उपनेता एबं सांसद मेखलाल श्रेष्ठले अन्तर्राष्ट्रिय विमानस्थल बनेसँगै नजिकका सहर जोड्ने सडकको स्तरोन्नतिमा ध्यान दिन सरकारसँग माग गर्नु भएकाे छ।

प्रदेश सभामा विशेष समय लिएर उहाँले सिद्धार्थ राजमार्ग पुरानो र साँघुरो भएकाले यसलाई समयानुकुल विस्तार गर्न सरकारको ध्यानाकर्षण गराउनु भएकाे हाे ।

अहिले राजमार्गका विभिन्न स्थानमा घुम्ती काटेर बाटो चाक्लो पार्ने काम भइरहेको भन्दै उहाँले यो कामका लागि पनि सरकारले विभेद गरेको आरोप लगाउनु भयाे ।

जुन पालिकामा नेकपाले जितेको छ, त्यहाँ समयमै बजेट परेर घुम्ती काट्ने काम भएको र कांग्रेसले जितेको पालिकामा भने अलमल गर्ने गरेको भन्दै यस्तो गल्ती नगर्न उनले चेतावनी समेत दिनुभयाे । उहाँले भन्नुभयाे, ‘बाटो चाक्लो बनाउने काम असाध्यै राम्रो हो, तर संघ सरकारले बजेट दिने बेलामा त्यो क्षेत्रको पालिकामा कसले जितेको छ भनेर विभेद गरेको छ, यो स्वीकार्य हुँदैन ।’

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्दै गरेको, भैरहवाको अन्तिम चरणमा पुगेकाले पनि यी २ सहरबीच सडकमार्गको सहज पहुँचका लागि तुरुन्तै बाटो स्तरोन्नति हुनुपर्ने उहाँको भनाइ थियो ।

Facebook Comments Box
TOP