स्थानीय सरकारकाे नेतृत्व भ्रष्टाचारमा डुवेकाे भन्दै नेकपा गल्याङका १५१ जना कांग्रेसमा प्रबेश

स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका वडा न ११ साबिक तुलसिभन्ज्याङ गाबिसका १५१ जना युवा आज एक कार्यक्रमका बिच नेपाली कांग्रेसमा प्रबेश गरेका छन। स्थानीय सरकारको नेतृत्व गरेको नेकपाले चरम भ्रष्टाचार गरेको भन्दै नेपाली कांग्रेसमा प्रवेश गर्नेको लर्को लागेको छ। नेकपा सरकारको निरंकुश रबैया विरुद्ध एक सय एकाउन्न नेकपा कार्यकर्ताले पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका हुन ।
जनताको पार्टी नेपाली कांग्रेस भएको र यो देशको समृद्धिको लागि नेपाली कांग्रेसको अपरिहार्यता रहेको हुदा आफुहरु कांग्रेस प्रवेश गरेको मन्तब्य राख्दै नबप्रबेशी कृष्ण भट्टराईले बताए साथै गलत गर्ने नेताले गलत काम गरे भने त्यसलाई गलत समेत भन्न नपाइने पार्टीको आन्तरिक नीतिले लोकतन्त्रलाई समेत गिज्याइ रहेको बताए । उनीहरुले बोल्ने स्वतन्त्रता समेत नभएको पार्टीमा बसेर देशको कुनै परिवर्तन नहुने भन्दै नेपाली कांग्रेसमा प्रवेश गरेको बताएका छन ।
.

भाषण राम्रै गरेअनुसार परिवर्तन पनि नेकपाले गर्ला भनेर नेकपाको समर्थन गरिए पनि बुझ्दै जाँदा बोल्ने अधिकार समेत नभएको पार्टीमा आएकोमा पछुतो लागेको उनीहरुले बताए।
गल्याङ नगर कार्य समितिकाे आयोजनामा भएको कार्यक्रम गरिएको हो ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका जिल्ला कार्यबाहक सभापति बुद्धि बहादुर राना “कुमार” ले नेकपा एमाले र माओवादीले नाम फेरेर नेकपाको नामबाट राज्यको ब्रह्मलुट गरेको आरोप लगाए। उनले नेकपाको ब्रम्हलुट बिरुद्ध सबै आ-आफ्नो स्थानबाट जागरुक हुनुपर्ने बेला आएको बताए । कार्यक्रममा प्रदेश सभा सदस्य भागवत प्रकाश मल्ल, महाधिबेशन प्रतिनिधी महेन्द्र श्रेष्ठ,नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि गुरुप्रसाद भट्टराई, नगर सभापति श्याम प्रसाद बश्याल, नेपाल विद्यार्थी संघका महामन्त्री युवराज पाण्डे, पुर्व जिबिस उपसभापति लालगोपाल अर्याल , तरुणदलका जिल्ला सचिव चन्द्र राना, स्थानिय तरुण नेता छवि गाहा लगाएयतले युवाहरुलाइ स्वागत गर्दै आफुहरुले जस्तो सुकै परिस्थितिमा पनि प्रबेशिहरु सङ्ग रहने बताए । नेकपाको नेतृत्वको स्थानीय सरकार रहेको गल्याङ नगरपालिकामा नेपाली कांग्रेस प्रबेश गर्नेहरु वडा न ११ का हुन जुन मेयर भुपराज अधिकारीको वडा समेत रहेको छ । नेपाली कांग्रेस वडा सचीव बिष्णु अधिकारिको स्वागत र उपसभापति नारायण ज्ञावालिको सभापतित्वमा सम्पन्न कार्यक्रमको सन्चालन सचिव राजेन्द्र भट्टराईले गरेका थिए।
.

समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…