एकद्वार प्रणालीबाट खानेपानी वितरण थाल्छौं : नगर प्रमुख खाँण
तोलाकान्त बगाले/वालिङ :
वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँणले नगरभित्रका शहरी क्षेत्रहरुमा एकद्वार प्रणालीबाट खानेपानी वितरण थाल्ने बताउनुभएको छ । वालिङ ८ बसपार्कमा डिप बोरिङ लिफ्टिङ खानेपानीको उद्घाटन गर्नुहुँदै नगर प्रमुख खाँणले शहरी क्षेत्रमा रहेका खानेपानीका स्रोतहरुलाई एकीकृत र ब्यवस्थित गर्दै एकद्वार प्रणालीबाट वितरण थाल्ने बताउनुभएको हो । नगरपालिकाल शहरी क्षेत्र र ग्रामीण क्षेत्रका लागि छुट्टाछुट्टै खानेपानी ऐन र कानून निर्माण गरेर कार्यान्वयनमा लैजाने तयारी भईरहेको उहाँले बताउनुभयो ।
.

“नगरपालिकाले नगरभित्रका विभिन्न छ ठाउँमा डिप बोरिङमार्फत सफलरुपमा खानेपानी निकालिएको छ” नगर प्रमुख खाँणले भन्नुभयो, “अझै तीन ठाउँमा डिप बोरिङमार्फत पानी निकाल्छौं र अबको कम्तिमा पनि ३० वर्षका लागि स्वच्छ र प्रर्याप्तरुपमा नगरबासीलाई खानेपानी उपलब्ध गराउँछौं ।”
वालिङ नगरपालिकाले निर्माण गरेको डिप बोरिङको ब्यवस्थापन वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले गर्ने भएको छ ।
कार्यक्रममा नगर उपप्रमुख कल्पना तिवारीले नगरबासीलाई स्वच्छ र प्रर्याप्तमात्रामा खानेपानी उपलब्ध गराउने जिम्मेवारी नगरको भएको बताउँदै आफ्नो कर्तब्य पूरा गरेर छाड्ने बताउनुभयो । उहाँले वालिङमा पानीको स्रोतहरुको सही सदुपयोग गरी नगरबासीलाई खानेपानी पु¥याउने प्रतिबद्धता जनाउँदै आगामी दिनमा खानेपानी वितरणलाई ब्यवस्थित बनाउँदै लगिनेमा जोड दिनुभयो ।
संस्थाका उपाध्यक्ष रोशन कुँवरको स्वागतसँगै शुरु भएको उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष विद्या श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन सचिव खगेन्द्रप्रसाद अर्यालले गर्नुभएको थियो ।
.

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


