जनप्रतिनिधिको चाडपर्व भत्ता स्थानीय प्रकोप व्यवस्थापन कोषमा जम्मा गरियाे ।

Kaligandaki gapa

स्याङ्जा : स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिले यश वर्ष प्राप्त गर्ने चाड पर्व भत्ता स्थानीय प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने भएका छन् । नेपाल सरकारले जननिर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरुलाइ हरेक वर्ष चाडपर्व भत्ता उपलब्ध गराउदै आएको छ। मंगलबार बसेको कार्यापालिकाको बैठकले यो वर्षको लागि जनप्रतिनिधिको चाडपर्व भत्ता स्थानीय प्रकोप व्यवस्थापनमा जम्मा गर्ने निर्णय गरिएको कालीगण्डकी गाउँपालिकाका प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले बताउनुभयो । यो वर्ष प्राकृतिक विपत्तिका कारण कालीगण्डकी गाउँपालिकामा ५ जनाको मृत्यु भएको थियो एक दर्जन परिवार पहिरोकाकारण विस्थापित हुने पुगेका थिए।गाउँपालिकाले बाढीपहिरोका कारण विस्थापित हुन पुगेका परिवारलाई आवास निर्माणको लागि प्रती व्यक्ति रु २,५०, ००० प्रदान गर्दै आएको छ। काज किर्या खर्चको लागि रु ३०, ००० हजार प्रदान गर्दै आएको छ। जनप्रनिधीबाट प्राप्त हुने चाडपर्व भत्ता रकमले कालीगण्डकी गाउँपालिकको स्थानीय प्रकोप व्यवस्थापनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । (कालीगण्डकी पाेष्ट)

Facebook Comments Box
TOP