गण्डकी प्रदेशमा कोरोना संक्रमितकाे संख्या ५ हजार १०० पुग्याे, स्याङजामा १७ जना थपिए ।
पाेखरा : गण्डकी प्रदेशमा कोरोना संक्तमितको संख्या पाँच हजार १०० पुगेको छ । प्रदेशमा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयाे।
पछिल्लाे पटक थपिनेमा लमजुङका २७, तनहुँका २६, कास्कीका १७, स्याङ्जाका तीन, पर्वतका दुई र मनाङका एक जना छन् । यसमध्ये लमजुङको दोर्दी गाउँपालिकाका २७ जना लिबर्टी हाइड्रो कम्पनीमा कार्यरत र अन्य कन्ट्याक्ट ट्रेसिङमार्फत पहिचान भएको निर्देशनालयले जनाएको छ ।
यस अघि स्याङ्जाकाे चापाकाेटमा १४ जना थपिएका थिए ।
पछिल्लाे पटक वालिङमा थपिनेहरूमा एक जना ट्याक्सी डाइभर, एक जना कमर्चारी र एक जना भारतबाट अाएका हुन् ।
स्याङ्जाको चापाकोटमा सञ्चालित शिविरमा आँखा परिक्षण गराएका बिरामीहरुमा कोरोना पुष्टी ।
समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
२ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


