गल्याङमा प्रहरी,व्यापारी र स्वास्थ्यकर्मी गरी १३ जनामा कोरोना पुष्टी, सचेत रहन नगरप्रमुख अधिकारीको आग्रह ।

galyang

स्याङ्जा :
गल्याङ नगरपालिकामा १३ जनामा कोरोना पुष्टी भएको छ ।
गल्याङमा कोरोना संक्रमण पुष्टी हुनेमा नौ जना सुरक्षा निकायका रहेका छन् । चार जना जनपथ प्रहरी र पाँच जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टी भएको छ । यस्तै, मेडिकल सञ्चालक, व्यापारी, सवारीचालक र एक जना क्वारेण्टाइनमा बस्नेलाई पनि कोरोना संक्रमण पुष्टी भएको छ ।
उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र गल्याङ नगरपालिकाकै आइसोलेसनमा राखिएको गल्याङ नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
यसैवीच, गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले कोरोना संक्रमणबाट बच्न थप साबधानी अपनाउन आग्रह गर्नुभएको छ ।
नगरपालिका भित्र कोरोना संक्रमण फैलन क्रममा रहेको भन्दै उहाँले थप सजगता अपनाउन आग्रह गर्नुभयो । तस्वीर :JIVAN GODSAS को फेसबुक पेजबाट

आँखा शिबिर पछि चापाकोटमा कोरोना समुदाय स्तरमा पुग्यो ,एकै पटक थपिए २२ जना संक्रमित ।

Facebook Comments Box
TOP