बिरुवा गाउँपालिकामा बजार अनुगमन
बिरुवा : बिरुवा गाउँपालिकाद्वारा गाउँपालिका वडा न १ मा रहेको बिरुवा बजारमा बजार अनुगमन गरिएको छ । उपाध्यक्ष देवी कुमारी थापाको नेतृत्वमा प्रमुख प्रमुख प्रशासकीय अधिकृत समेत रहेको टोलीले सम्पूर्ण बजार क्षत्रको अनुगमन गरेको हो । अनुगमनमा बिरुवा प्रहरी चौकीले समेत समन्वय गरेको थियो । दशैं तिहार जस्ता चाडबाडको मुखमा म्याद गुज्रेका तथा गुणस्तरहिन सामाग्रीहरु बिक्री हुन सक्ने भन्दै अनुगमन गरिएको उपाध्यक्ष थापाले बताउनु भयो । उहाँले बजार अनुगमनको कार्यलाइ निरन्तर जारी राखिने बताउनु भयो ।
अनुगमनका क्रममा मुख्य गरी पेय पदार्थ , तयारी, खाद्य पदार्थ , औषधि तथा म्याद गुज्रेका बीउबिजनहरु जफत गरिएको थियो । यसै गरी मासु पसलहरूको समेत अनुगमन गरी सडेको तथा बासी मासु पनि जफत गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीले कालो बजारी नियन्त्रण तथा खाद्य गुणस्तर कायम गर्ने लक्ष्य सहित बजार अनुगमन गरिएको बताउनु भयो । उहाले बजार क्षेत्रबाट झण्डै ३० लिटर घरेलु मदिरा समेत जफत गरिएको जानकारी दिनुभयाे । जफत गरिएका सामाग्री हरु नेपाल प्रहरी तथा व्यवसायीहरूको रोहोबार बिरुवा गाउँपालिका आफ्नै फोहर संकलन केन्द्र मा लगेर नष्ट गरिएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


