भीरकोट जेसिजको सप्ताह ब्यापी कार्यक्रम भव्यताका साथ सम्पन्न ।

JCI

कमल रेग्मी/भीरकोट :

भीरकोट जेसीजको सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको छ । अनलाइन प्रविधिको माध्यमबाट संचालन गरिएको जेसीज सप्ताह समापन कार्य तथा वडास्तरीय बक्तृत्वकला प्रतियोगिता कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा भीरकोट नगर प्रमुख छायाराम खनालले जेसीजले गर्ने हरेक कार्यक्रम मानवताको सेवामा केन्द्रित रहने र यस्ता कार्यक्रममा नगरपालिकाको सदैव सल्लाह र सहयोग रहने प्रतिवद्धता जनाउनुभयो। कार्यक्रममा बोल्दै नगरप्रमुख खनालले भीरकोट नगरपालिका बालमैत्री नगरपालिका घोषणाको अन्तिम तयारीमा रहेको अवस्थामा गरिएको वक्तृत्वकला प्रतियोगिताले सम्पूर्ण बालबालिकामा सकारात्मक प्रभाव एवम् नगरपालिका परिवारलाई थप उर्जा प्राप्त भएको जानकारी गराउनुभयो ।

भीरकोट जेसीज २०२० का अध्यक्षीय सल्लाहकार कृष्ण प्रसाद पौडेलको संयोजकत्व तथा संचालनमा भएको आजको जेसीज सप्ताह समापन तथा बक्तृत्वकला प्रतियोगिता कार्यक्रममा भीरकोट नगरपालिकाका नगर उप-प्रमुख सिमा के‍.सी. कर्माचार्य, नगर प्रवक्ता एवम् वडा नं. १ का अध्यक्ष दिपेन्द्र के.सी. ,वडा नं. २ का वडा अध्यक्ष कमल त्रिपाठी लगाएतका व्यक्तिहरुले शुभकामना मन्तव्य प्रदान गरेका थिए । भीरकोट जेसीज २०२० का कार्यकारिणी उपाध्यक्ष प्रसुन मगरको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको अध्यक्षतामा भीरकोट जेसिज २०२० का अध्यक्ष मिना खाँणले गर्नु भएको थियो। उक्त कार्यक्रमको प्राविधिक संयोजनमा भीरकोट जेसीज बर्ष २०२० का शाखा निर्देशक एबं भीरकोट नगरपालिकाका सूचना प्रविधि अधिकृत कमल रेग्मी रहनु भएको थियो ।

हरेक वडाबाट १/१ जना बालबालिका सहभागी गराइएको उक्त कार्यक्रमको निर्णायक मण्डलमा भीरकोट नगरपालिकाका शिक्षा प्रमुख नविन थापा, नगर स्तरीय बाल संजाल सहजकर्ता खुमकान्त खनाल र नेपाल जेसिजका पूर्व राष्ट्रिय उपाध्यक्ष अमृत अर्याल रहनुभएको उक्त कार्यक्रममा वडा अध्यक्ष , ९ वटै वडाका ९ जना प्रतियोगी, भीरकोट जेसिजका सम्पूर्ण सदस्यहरु, वडा बाल सहजकर्ता लगायत विभिन्न महानुभावहरुको सहभागिता रहेको थियो । हरेक प्रतियोगीलाई ५/५ मिनेट समय प्रदान गरिएको बक्तृत्वकला प्रतियोगितामा वडा नं. ५ का सहभागी सभ्यता तिवारी प्रथम, वडा नं. ६ का प्रज्वल तिवारी द्धित्तीय र वडा नं. १ को प्रतियोगी कृष्ण कुमारी खत्री र वडा नं. २ का प्रतियोगी शिशिर काफ्लेले तृतीय स्थान हासिल गर्नुभएको थियो ।

भीरकोट जेसीजको सप्ताह व्यापी कार्यक्रम यही मिति असाेज २३ गते वृहत रक्तदान कार्यक्रमसंगै सुरुवात भएको थियो । २४ गते छायाँक्षेत्र मन्दिर सरसफाई, २५ गते वृक्षारोपण कार्यक्रम, २६ गते उद्घोषण तालिम कार्यक्रम, २७ गते आइसोलेसन तथा क्वारेन्टाइनमा रहनुभएका व्यक्तिहरुलाई स्वास्थ्य सामाग्री वितरण, २८ गते बालबालिकासंग अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिएको थियो ।

Facebook Comments Box
अर्जुनचौपारी सर्वोकृष्ट गाउँपालिका घोषित, नेपाली कांग्रेसले गर्‍यो सम्मान
६ दिन अगाडि

काठमाडौं : नेपाली कांग्रेसले स्थानीय सरकारको संस्थागत क्षमता स्वमूल्यांकनमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकालाई उत्कृष्ट घोषणा गर्दै सम्मान गरेको छ । नेपाली…

TOP