युथ कांग्रेस स्याङ्जाले गर्यो डाक्टर गोबिन्द केसीको जीवन रक्षाको माग

स्याङ्जा :
युथ कांग्रेस स्याङ्जाले सामाजिक अभियान्ता डाक्टर गोबिन्द केसीको जीवन रक्षाको माग गरेको छ ।
स्वास्थ्य र मेडिकल शिक्षा सुधारको माग गर्दै सत्याग्रह शुरु गरेका डाक्टर केसीको जीवन रक्षाको माग गर्दै युथ कांग्रेस स्याङ्जाले प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्री मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
डाक्टर केसीको मागलाई तत्काल सम्बोधन गर्न ज्ञापनपत्रमा आग्रह गरिएको छ । युथ कांग्रेस स्याङ्जाका अध्यक्ष सन्दिप कंडेल नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाएको हो ।
सो अवसरमा नेबिंघका नेता खेम चापागाँई,रामु सुवेदी,नविन रेग्मी, शन्तोष अर्याल लगायतको उपस्थिती रहेको थियो ।
स्वास्थ्य शिक्षा सुधारको माग गर्दै पटक पटक सत्याग्रहको आन्दोलन गर्दै आउनु भएका डाक्टर गोबिन्द केसी १९ औं पटक जुम्लामा अनशन बसिरहनु भएको छ । उहाँको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको भन्दै आज आईसियुमा राखिएको बताईएको छ ।
.

समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
५ दिन अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…