युथ कांग्रेस स्याङ्जाले गर्यो डाक्टर गोबिन्द केसीको जीवन रक्षाको माग
स्याङ्जा :
युथ कांग्रेस स्याङ्जाले सामाजिक अभियान्ता डाक्टर गोबिन्द केसीको जीवन रक्षाको माग गरेको छ ।
स्वास्थ्य र मेडिकल शिक्षा सुधारको माग गर्दै सत्याग्रह शुरु गरेका डाक्टर केसीको जीवन रक्षाको माग गर्दै युथ कांग्रेस स्याङ्जाले प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्री मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
डाक्टर केसीको मागलाई तत्काल सम्बोधन गर्न ज्ञापनपत्रमा आग्रह गरिएको छ । युथ कांग्रेस स्याङ्जाका अध्यक्ष सन्दिप कंडेल नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाएको हो ।
सो अवसरमा नेबिंघका नेता खेम चापागाँई,रामु सुवेदी,नविन रेग्मी, शन्तोष अर्याल लगायतको उपस्थिती रहेको थियो ।
स्वास्थ्य शिक्षा सुधारको माग गर्दै पटक पटक सत्याग्रहको आन्दोलन गर्दै आउनु भएका डाक्टर गोबिन्द केसी १९ औं पटक जुम्लामा अनशन बसिरहनु भएको छ । उहाँको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको भन्दै आज आईसियुमा राखिएको बताईएको छ ।
.

समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
४ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


