वालिङमा रेविजबिरुद्धको साताब्यापी कार्यक्रम शुरु
तोलाकान्त बगाले/वालिङ :
वालिङमा रेबिज विरुद्धको साताब्यापी कार्यक्रम आजबाट शुरु भएको छ । वालिङ नगरपालिका पशु सेवा शाखाको आयोजना र लियो क्लब अफ वालिङको सहयोगमा ‘रेबिज अन्त्य गरौं सहकार्य गरौं, खोप लगाऔं’ भन्ने नाराका साथ आजबाट शुरु भएको हो ।
रेबिज विरुद्ध पहिलो पल्ट प्रभावकारी खोपको विकास गर्ने वैज्ञानिक लुइस पाश्चरको निधन भएको दिन सेप्टेम्बर २८ मा उहाँको योगदानलाई स्मरण गर्दै हरेक वर्ष रेबिज दिवस मनाउने गरिएको छ । जसको फलस्वरुप आजबाट आगामी आईतबारसम्म १४ औं विश्व रेबिज दिवस मनाईने भएको हो ।
.

सप्ताहब्यापी कार्यक्रमको आज शुभारम्भ गर्नुहुँदै नगर प्रमुख दिलीपप्रताप खाँणले रेबिज विरुद्धको अभियानमा सबै एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुहुँदै घरभित्रका वा बाहिरका कुकुर बिरालोलाई रेबिजविरुद्धको खोप लगाई सुरक्षित रहन आग्रह गर्नुभयो ।
रेबिज रोग लागिसकेपछि यसको उपचार तथा बिरामी बच्ने संभावना निक्कै कम हुने भएकाले रोग लाग्नै नदिनका लागि पूर्व सावधानीस्वरुप घरमा पालिएका वा सामुदायिक कुकुर बिरालोलाई रेबिजविरुद्धको खोप लगाउन आवश्यक रहेको नगर प्रमुख खाँणले बताउनुभयो ।
.

आजबाट शुरु भएको कार्यक्रम एकसातासम्म सञ्चालन हुने भएकाले एकसातासम्म कुकुर बिरालोलाई खोप लगाउन सकिने पशु सेवा शाखा प्रमुख देबकुमारी श्रेष्ठले बताउनुभयो । शाखा प्रमुख श्रेष्ठको स्वागतसँगै शुरु भएको कार्यक्रमको सञ्चालन पशु शाखाका प्राविधिक डाेलराज गैह्रेले गर्नुभएको थियो ।
.

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


