वालिङ नगरपालिकालाई सेनीटाइजर स्ट्याण्ड मेशिन प्रदान
तोलाकान्त बगाले/वालिङ :
स्कुल अफ डेम्रोक्रेसी स्याङ्जाले वालिङ नगरपालिकालाई सेनीटाइजर स्ट्याण्ड मेशिन प्रदान गरेको छ । खुट्टाको सहायताले मेशिन चलाएर सेनीटाइजर लगाउन मिल्ने मेशिन स्कुल अफ डेम्रोक्रेसी स्याङ्जाका अध्यक्ष अनुप श्रेष्ठले नगरप्रमुख दिलीपप्रताप खाँणमार्फत नगरपालिकालाई मेशिन हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण गरिएको मेशिन कार्यालयको मूल ढोकामा राखिएकाले कार्यालयमा सेवा लिन आउने सेवाग्राही वा कर्मचारीहरुले प्रयोग गर्न सक्ने छन् ।
स्कूल अफ डेमोक्रेसी स्याङ्जाले कोभिड १९ को विश्वब्यापी जोखिमका समयमा खुट्टाको सहायताले खोलिने मेशिनको प्रयोगले हातले खोल्नु नपर्ने भएकाले संक्रमण फैलिने जोखिम पनि कम हुने नगर प्रमुख खाँणको भनाई थियो ।
स्कूल अफ डेमोक्रेसी स्याङ्जाले मेशिन प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्दै प्राप्त मेशिनको सही र अधिकतम प्रयोग गर्ने विश्वास दिलाउनुभयो । डेमोक्रेसीले जिल्लाका सबै स्थानीय तहहरुमा यो मेशिन उपलब्ध गराउने जनाएको छ । लोकतन्त्र मजबुद बनाउँदै आम नागरिकका हक, हित र अधिकारको संरक्षणका लागि गठित स्कूल अफ डेमोक्रेसी स्याङ्जाले स्थापनाको छोटो अवधिमै रचनात्मक कार्यहरु गरेको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


