वालिङ : जनश्रमदानबाट सडक ढलान ।

स्याङ्जा :

वालिङ नगरपालिका-१३ स्थित बोधीभञ्ज्याङका स्थानीय बासिन्दा श्रमदान जुटाएर सडक निर्माण कार्यमा जुटेका छन् । गाउँघरमा हिड्डुल गर्न समेत समस्या भएपछि स्थानीय बासिन्दा श्रमदान जुटाएर ढलानसहितको सडक निर्माण कार्यमा जुटेका हुन् ।

वडा कार्यालयले सडक निर्माणको लागि आवश्यक पर्ने सिमेन्ट सहयोग गर्ने भएपछि करिब ६० घर रहेका बोधीभञ्ज्याङका स्थानीय बासिन्दा यतिबेला श्रमदानमा लागिरहेका छन् ।

.

तस्विर : ध्रुव गौडेलको फेसबुक पेजबाट

घरगाउँमा हिड्नै समस्या भएपछि बाटो निर्माणमा जुटेको निर्माण समितिका अध्यक्ष अर्पण थापाले बताउनु भयाे । स्थानीय जगबहादुर थापाले भन्नुभयो, “सबैको घरमा अटो रेक्सासम्म भएपनि ल्याउन मिल्ने गरी पक्की सडक निर्माण गर्न लागेका छौँ ।”

सडक निर्माण भएसँगै आँधीखोला बहुप्राविधिक शिक्षालय र लक्ष्मी माविमा अध्ययनरत विद्यार्थी एवं शिक्षकहरुले समेत सहजरुपमा यात्रा गर्न पाउने वडाध्यक्ष आनन्द पाठक बताउनु भयाे ।रासस

.

Facebook Comments Box
TOP