सदरमुकामबाट स्याङजा टेलिभिजनले शुरु गर्यो नियमित प्रशारण ।

भवानी अधिकारी/स्याङजा :
स्याङजा सदरमुकाम स्थित स्याङजा टेलिभिजनले औपचारिकरुपमा कार्यक्रम सुरु गरेको छ ।
लक्ष्मी स्मृति सामुदायिक पुस्तकालय स्याङ्जाद्धारा संचालित स्याङ्जा टेलीभिजनको औपाचारीक कार्यक्रमको उदघाटन गर्दे प्रतिनिधिसभा सदस्य नारायणप्रसाद मरासिनीले रेडियो तथा टेलीभिजनले समग्र जिल्लाकोे आवाज बन्नु पर्ने बताउनुभयो ।
सहकार्य, सहमति र एकताले मात्र सामुदायिक संस्थाहरु जीवन्त रहने बताउदै टेलिभिजनको संरक्षण र सम्बद्र्धनका लागि सहयोग गर्न तयार रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख सीताकुमारी सुन्दास, नेकपा जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रै पारस, नेपाली काँग्रेस महासमिति सदस्य तुलसी गिरी, रािष्ट्रय प्रजातन्त्र पार्टी केन्द्रिय सदस्य रामबन्धु रेग्मी, पुतलीबजार नगर प्रमुख सीमाकुमारी क्षेत्री, आँधीखोला गाउँपालिका अध्यक्ष सुधिरकुमार पौडेल, प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री, उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य दिपक लम्साल, उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेश उपाध्यक्ष मोतीप्रसाद पौडेल, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, उद्योग बाणिज्य संघका अध्यक्ष बिक्रान्त कुमार श्रेष्ठ, चेम्बर अफ कर्मशका अध्यक्ष नन्दकुमारी लम्साल लगायतले पूर्वजका ठूलो मेहनत र परिश्रमले स्थापित पुस्तकालयदेखि रेडियो संचालनसम्मका योगदानका बारेमा चर्चा गर्दै सहि सुचना र मार्गदर्शनले नागरिकलाई सुसुचित गर्नुपर्ने र सामुदायिक संस्थालाई राजनीतीकरण गर्न नहुनेमा जोड दिनुभयो ।
.

संस्थाका अध्यक्ष अनन्तराज मरासिनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष वेदप्रसाद दोरंगााले स्वागत मन्तब्य एवं सचिब धुब्रबन्धु पौडेलले संचालन गर्नु भएको थियो ।
सामुदायिक रेडियो स्याङ्जा एफएम ८९ दशमलव ६ मेगाहर्जमा सुन्न सकिन्छ भने टेलीभिजन म्याक्स टीभिको ११ नम्बर च्यानलमा हेर्न सकिन्छ ।
समुदायमा सुचनाको पहुँच विस्तार गर्ने उद्देश्यले वि.सं. २०४० सालमा पुस्तकाल स्थापना गरिएको थियो । सोही पुस्तकालयका माध्यमवाट २०६६ साल भदौ २३ गतेबाट सामुदायिक स्याङ्जा एफ एम प्रशारण हुदै आएको छ । गतबर्ष स्याङजा टेलिभिजनको उदघाटन गरेर नियमित प्रशारणको अनुमति पाएको टेलिभिजनले मंगलदेखि समाचार लगायत अन्य जानकारी मूलक कार्यक्रम प्रशारण थालेको हो ।
सामुदायिक रेडियो स्याङ्जा एफएमको बाह्रौँ बर्षिकोत्सबको अवसर पारेर स्याङ्जा टेलीभिजनको औपाचारीक प्रशारण शुभारम्भ गरेको हो ।
.

समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…