फालिने कागजको प्रयोग गर्दै क्यारेट निर्माण

स्याङ्जा :
एकपटक प्रयोग भई खेरा जाने अवस्थाका कागजलाई सदुपयोग गर्दै अण्डा राख्ने क्यारेट बनाउने गरेका छन् ।
पुतलीबजार नगरपालिका ३ लत्रेपिपल कुनाखेतमा क्वालिटी प्याकेजिङ् प्राइभेट लिमिटेड कम्पनी मार्फत क्यारेट उद्योग संचालनमा ल्याएका हुन ।
यहाँका ३ जना महिलाहरुले झण्डै डेढ करोडको लगानीमा क्यारेट उद्योग संचालनमा ल्याएका हुन । फोहोरलाई मोहोरमा परिवर्तन गर्नै कम्पनीको उदाहरणीय काम हो ।
जिल्लामा कुखुरा फर्म बढेपछि जिल्लामै क्यारेट उद्योगको संभावना देखेर संचालनमा ल्याएको कम्पनीका अध्यक्ष मंन्जु शर्माले बताईन् । उनले भनिन् ‘यही क्यारेट उत्पादन हुन थालेपछि जिल्लाबासीलाई राहत भएको छ, यसअघि क्यारेटका लागि चितवन, पोखरा जानुपर्ने वाध्यता अहिले हटेको छ ।’
कोरोना संक्रमणका कारण कयौं कामदारका रोजगार खोसिएका बेला यहाँका कामदारको भने काम रोखिएको छैंन । स्थानीय र आवासिय कामदार भएका कारण उनीहरुलाई होम क्वारेन्टाईनमा राखे झैं गरी अन्यत्र वाहिर जान नदिईकन काममा लगाईने गरिएको कम्पनी म्यानेजर मिलन सुवेदी भन्छन् ।
कम्पनीमा ११ महिला सहित १७ जनाले रोजगार पाएका छन् । अधिकांशलाई बासको समेत ब्यवस्था भएकाले पारिवारिक कामदार छन् ।
कागज, किताव, कापी, पत्रिका, कार्टुन लगायत कागजी सामाग्री क्यारेटका कच्चा पदार्थ हुन । यिनै सामाग्रीलाई प्रशोधनगरी क्यारेट बनाइन्छ । कम्पनीले दैनिक एक टन कागजको उपयोग गर्दे १० हजार वटा क्यारेट बनाउने गरेको छ । पानी र कागजलाई मिलाएर मेशिनमा मानिसले हालेपछि मेशिनमा राख्ने, त्यसपछि मेशिनले क्यारेट तयार पार्छ । सो क्यारेट मानिसले झिकेर चर्को घाममा ५ घण्टा सुकाएपछि क्यारेट तयार हुने प्रवन्ध निर्देशक लेखनाथ शर्माले जानकारी दिए ।
उद्योगमा दुईवटा मेशिन छ भने क्यारेट सुकाउनका लागि झण्डैं १८ रोपनी जग्गा उपयोग गरिएको छ ।
.

कच्चा पदार्थ जिल्लाभित्र मात्र पर्याप्त नहुने भएकाले जिल्ला वाहिरबाट पनि ल्याउने गरेको छ । बिभिन्न क्लव, समूह, स्टोर्सले संकलन गरेर पठाउने गरेका छन् । कम्पनीले कागजको गुणस्तरीयता हेरी प्रति किलो १५ देखि २५ रुपैंयासम्म खरिद गर्ने गरेको छ ।
यहाँ उत्पादित क्यारेट गण्डकी प्रदेशकै सबैभन्दा धेरै अण्डा उत्पादक एग्रो फार्म खिलुङ्कालिका, वालिङ, चापाकोट, पोखरा, वाग्लुङ, लम्जुङसम्म पुग्ने गरेको छ । कम्पनीमा क्यारेट मौज्याद (स्टग) छैंन् । उत्पादन गर्न सके बजारको अभाव नहुने संचालकको भनाई छ ।
क्यारेट घाममा सुकाउदै । मेशिनमा क्यारेट बनाउदै २ महिला । तस्विर ः भवानी अधिकारी
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…