लकडाउनमा बिद्यार्थीहरुलाई लक्षित गर्दै बक्तृत्वकला प्रतियोगिता सम्पन्न

स्याङ्जा : सरकारले लगाएको लकडाउनको कारणले बिद्यालय खुल्न नसकेको हुदाँ बिद्यार्थीहरु स्कुल/ कलेज गएर शिक्षा लिन नसकिरहेको अवस्था छ। यसले बिद्यार्थीको मष्तिष्कमा धेरै ठुलो असर पारिरहेको छ।
स्कुल/ कलेज गएर नियमित पठनपाठन हुन नसकेको अवस्थालाई मध्यनजर गर्दै बिद्यार्थीहरुलाई केही मात्रामा भए पनि शैक्षिक गतिविधिमा सहभागी गराउने उद्देश्यले स्याङ्जाको भिरकोट नगरपालिका-५ मा रहेकाे क्रीयटिभ युथ ग्रुपको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
“समाज परिवर्तनमा युवा र बालबालिकाको भुमिका” भन्ने शिर्षकमा राखिएको बक्तृत्वकला प्रतियोगितामा १६ जना प्रतियोगिहरु सहभागी भएका थिए।
हाजिरिजवाफ प्रतियोगिता पछी स्थानिय अविभावकको सकरात्मक रेस्पोन्स आएको कारणले बिद्यार्थीहरुलाई अझै शैक्षिक गतिविधिमा उन्मुख गराउने उद्देश्यले बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको कार्यक्रम संचालक तथा युथ ग्रुपको सचिव दिनेश अर्यालले आधिखोला खबरलाई बताउनु भयाे।
बक्तृत्वकला प्रतियोगिता, स्वास्थ्य मापदण्ड पूरा गर्दै तथा उचित भौतिक दुरि कायम गर्दै सम्पन्न गरिएको थियो।
आगामी दिनहरुमा पनि यस्तै शैक्षिक गतिविधिहरु संचालन गर्दै अगाडि बढिने ग्रुपले जनाएको छ।
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…