स्कुल अफ डेमोक्रेसी स्याङ्जाले पूर्णता पायो ।
प्रकाश डोटेल/स्याङ्जा :
लोकतान्त्रिकरणलाई मजबुद बनाउँदै आम नागरिकका हरेक अधिकारीको संरक्षण गर्न बनेको स्कूल अफ डेमोक्रेसी नेपाल स्याङ्जाका अध्यक्ष अनुप श्रेष्ठले जिल्ला कार्यसमितिलाई पूर्णता दिएका छन् ।
स्कुल अफ डेमोक्रेसी नेपालका केन्द्रिय अध्यक्ष नैनसिंह महरले अध्यक्षमा विद्यार्थी राजनीतिमा लामो समय काम गरेका स्याङ्जाका पेशाले ईन्जिनियर श्रेष्ठलाई जिम्मेवारी दिएसँगै उनले कार्यसमितिलाई पूर्णता दिएका हुन् ।
कार्यसमितिको उप–सभापतिमा वालिङका सागर कुँवर, सचिवमा वालिङकै राजु डुम्रे, सह–सचिवमा अर्जुनचौपारीका रमेश रोका र कोषाध्यक्षमा गल्याङ्की साधना न्यौपानेलाई जिम्मेवारी दिएको अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।
उक्त संस्थाको सदस्यमा पुतलीबजारका अनिता रुचाल र ईन्जिनियर शिव कोईराला छन् भने भिरकोटका चुत्रबहादुर महत, कालिगण्डकीका गोपी पाण्डे, बिरुवाका रिता गुरुङ्, चापाकोटका दुर्गा सारु, हरिनाशका टिका राना, आँधीखोलाका अनिल ढकाल, फेदीखोलाका सचिन रानाभाट र गल्याङ्का अमृत भण्डरी रहेका छन् ।
जिल्ला कार्यसमिति गठन भएसँगै संगठन विस्तारलाई स्थानीय तहसम्म लैजाने तयारी गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । आम नागरिकको अधिकार संरक्षण र प्रबद्र्धनमा हामीले आफ्नो भूमिकालाई प्रभाबकारी बनाउन संगठनलाई गाउँस्तरसम्म पु¥याउन आवश्यक रहेको अध्यक्ष श्रेष्ठको बताए ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


