एक महिना देखि बेपत्ता राजन अझै भेटिएनन्, प्रहरीले बुझायो अनुसन्धान प्रतिबेदन ।

स्याङजा :
आफ्नै साथीसँग खेल्न गएका राजन पौडेल एक महिना देखि बेपत्ता छन् । उनको खोजीमा लागि रहेको प्रहरीले बताउदै आएको छ । सँगै खेल्न गएका दुईजना साथीहरु अहिले पनि प्रहरी नियन्त्रणमा छन् । श्रावण २६ मा आफ्ना दुई जना साथीहरुसँग पोडी खेल्न गएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । राजनले लगाएको कपडा र मोवाईल भीरकोट नगरपालिकाको ओडारे स्थित आँधीखोलाको किनारमा फेला परेको थियो । कपडा भेटिएको ठाँउबाट मोवाईल भेटिएको ठाँउ झण्डै ३ सय मिटरको दुरीमा रहेको आफन्तको भनाई छ । राजनको मोवाईल फुटेको अवस्थामा फेला परेको बताईएको छ ।
यहाँनेर गम्भिर बिषय त के छ भने अघिल्लो दिन सँगै पौडी खेल्न गएका साथीहरु भोलिपल्ट बेपत्ता राजनको खोजीमा समेतसँगै हिडेको थिए उनीहरुले नै अर्काेदिन मात्रै राजन खोलामा पोडी खेल्दा हराएको सूचना दिएको राजनको परिवारले जनाएको छ ।
कहाँ पुग्यो अनुसन्धान :
बेपत्ता राजनका साथीहरुले नै आँधीखोलामा पौडी खेल्ने क्रममा राजन डुवेको बताएपछि अनुसन्धान त्यतै तिर मोडिएको देखिन्छ । दुवै जना साथीहरुलाई प्रहरीले तत्कालै नियन्त्रणमा लियो र आँधीखोलामा खोजी कार्यलाई तिव्र बनायो । लामो सम्म पनि राजनको अवस्था पत्ता लगाउन नसकको भन्दै प्रहरी बिरुद्ध वालिङका नागरिकले आन्दोलन समेत गरेका थिए ।
शुरुको चरणमा उनका साथीहरुले नै सही सूचना नदिएकाले समस्या उत्पन्न भएको प्रहरीको भनाई छ ।
प्रहरीले अनुसन्धानको प्रतिबेदन सरकारी वकिलको कार्यालयमा बुझाएको बताईएको छ । कानुन अनुशार नाबालकको हकमा २१ दिन भित्र प्रतिबेदन बुझाउनु पर्ने हुन्छ, प्रहरीले सो समय भित्र नै अनुसन्धान सकेर प्रतिबेदन बुझाएको हो । सरकारी वकिल मार्फत अदालत समक्ष मुद्धा पुगेको छ, नियन्त्रणमा रहेका दुईजना बिरुद्ध थुनछेक बहस शुरु भईसकेको छ र अदालतले उनीहरुलाई थुनामा पठाउने वा धरौटीमा छाडेर मुद्धालाई अगाडि बढाउने भन्ने निर्णय दिनेछ ।
यसअघि नियन्त्रणमा रहेका दुवैजनालाई कानुन अनुशार अदालतबाट म्याद थप गरी छुट्टा छुट्टै राखेर अनुशन्धान गरिरहेको प्रहरीले बताउदै आएको थियो ।
कसरी गरिएको थियो आँधीखोलामा खोजीकार्य :
राजन आँधीखोलामा बेपत्ता भएको उनका साथीहरुले बताएपछि आँधीखोलामा नै खोजी तिब्र पारिएको थियो । बाहिरबाट ल्याईएका गोताखरको टोलीले आँधीखोलामा खोजी गरेको थियो भने वालिङका युवाहरुको समुहबाट पनि पटक पटक खोजी गरिएको छ । बर्षाको समयमा आँधीखोलामा राजन बेपत्ता भएकाले उनको खोजीमा समस्या भएको प्रहरीको भनाई छ ।
अहिले सम्म के के भयो, अनुसन्धान कहाँ पुग्यो :
- – सर्बप्रथम राजन बेपत्ता भएको भालिपल्ट उनको परिवारले प्रहरीमा उजुरी दिएको थियो, उजुरीमा राजनको खोजी गरिदिन माग गरिएको थियो ।
- – राजनको परिवार,प्रहरी र आफन्तको सक्रियतामा खोजी जारी रहेकै बेला साथीहरु कै हात रहेको सूचना बाहिर आउछ ।
- – उनका दुई जना साथी प्रहरी नियन्त्रणमा पर्छन र अनुसन्धानको स्वरुप परिवर्तन भएको देखिन्छ ।
- – प्रहरीले केही कमजोरी गरेको आरोप लगाउदै उनका आफन्त र सर्वसाधारणले प्रहरी कार्यालय घेराउ गर्छन ।
- – तत्कालिन प्रहरी निरिक्षक निरन्जन घिमिरेको सक्रियतामा पोखराबाट गोताखोरको टोलि आई आँधीखोलामा खोज तलास गरिन्छ ।
- – प्रहरी निरिक्षक घिमिरेको काज सरुवा हुन्छ र पोखराबाट कमाण्ड सम्हाल्न हरि प्रसाद पौडेल वालिङ आगमन हुन्छ ।
- – फेरी पनि गोताखोरको सहायतामा आँधीखोलामा खोजी हुन्छ, यही बीचमा वालिङका उर्जाशिल युवाहरुको टोलिले समेत आँधीखोलामा खोजी गर्छन् ।
- – बेपत्ता राजन तथा पक्राउ परेको उनका साथीहरुको कल डिटेल लिने काम गर्छ ।
- – उनीहरुको सामाजिक सञ्चालको अनुसन्धान समेत गरिन्छ ।
- – दुवैजनालाई छुट्टा छुट्टै राखेर अनुसन्धान र बयान लिने काम भएको प्रहरीको भनाई छ ।
- – मोवाईल, सामाजिक सञ्जाल तथा अन्य बिबरणको थप पुष्टीको लागि डिजिटल फरेन्सिक ल्यावमा तिनै जनाको मोवाईल परिक्षण गरिन्छ ।
राजनको परिवारको आशा :
बेपत्ता राजनको परिवार उनी जिवितै आउनेमा ठुलो शंका गरिरहेको छ । राजनकी आमा कमला पौडेलले एक युट्युव च्यानललाई दिएको अन्तर्वार्ताले यस्तै कुरा तर्फ संकेत गर्दछ । प्रहरीको ध्यान पनि उनको अवस्था पत्ता लगाउनमा नै केन्द्रित रहेको बताईएको छ । स्थानीय सरकार वालिङ नगपालिकाले पनि राजनको वास्तविकता पत्ता लगाउनका लागि दवावसँगै सहयोग गरिरहेको स्पष्टसँग देख्न सकिन्छ ।
राजनको परिवारले दोसी माथि कडा भन्दा कडा कारवाही गर्न माग गरिरहेको छ, उनकी आमाले आफ्नो छोराको नियोजित हत्या नै भएकोे आरोप लगाउनु भएको छ । जसको सत्यतथ्य प्रहरीले अवश्य सार्वजनिक गर्ला । जति ढिलो हुन्छ उति नै परिवारमा तनाव र पीडा हुँदै जाने छ अनुसन्धान गर्ने निकायले यस तर्फ ध्यान दिन जरुरी छ ।
समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…