पुतलीबजारका जनप्रतिनिधीद्धारा ‘६ लाख’ राहातकोषमा जम्मा

रोशन लामिछाने :
स्याङजा सदरमुकाम पुतलीबजारमा रहेका पुतलीबजार नगरपालिकाका जनप्रतिनिधीहरुले नगरपालिकाद्धारा संचालीत कोराना राहातकोषमा ६ लाख ४० हजार २ सय ५० रुपैया जम्मा गरेका छन् । कोरोना न्यूनिकरण गर्न सहयोग पुग्ने बताउदै पुतलीबजारका जनप्रतिनिधीहरुले उक्त रकम जम्मा गरेका हुन् ।
पुतलीबजार नगरपालिकाका ७३ जना जनप्रतिनिधीहरुले आफुले पाउने मासिक सेवा सुविधाबाट आधा रकम सहयोग गरेका नगरपालिकाका प्रवक्ता ख्यामनारायण अधिकारीले जानकारी दिए । नगर प्रवक्ता अधिकारीले जनप्रतिधिनीहरुको ठुलो सहयोग रहेको बताउदै कोरोना नियन्त्रण गर्न सहयोग पुग्ने बताए ।
जनप्रतिनिधीहरुले गरेको आर्थिक सहयोग नियम अनुसार कोरोना नियन्त्रणमा खर्च हुने प्रमुख प्रशासकीय अधिकृत डोलराज ढकालले बताए । सहयोगको दुरुपयोग नहुने प्रतिवद्धता जनाउदै ढकालले आर्थिक तथा नैतिक सहयोग गरेकोमा जनप्रतिनिधीहरुलाई धन्यवाद ज्ञापन गरे ।
राहतकोषमा नगरप्रमुख सिमाकुमारी क्षेत्रीले २० हजार २ सय ५०, उपप्रमुख महेश पुरीले २३ हजार ५ सय, नगरापालिका भित्र रहेका १४ वटा वडा अक्षध्यहरुले प्रति व्यक्ती १३ हजार र ७ जना कार्यपालिका सदस्यहरुले प्रति व्यक्ती ११ हजार रुपैया नगद सहयोग गरेका हुन् । त्यसैगरी ५० जना सबै प्रकारका वडा सदस्यहरुले प्रति व्यक्ती ६ हजार ७ सय ५० रुपैया सहयोग गरेका हुन ।
आवश्यक परेको खण्डमा अझै आर्थिक सहयोग गर्ने जानकारी दिदै नगरप्रमुख सिमाकुमारी क्षेत्रीले एक्लैले मात्रै केही गर्न नसकीने बताई । गन्तव्यमा पुग्न सवैको सहयोग आवश्यक पर्ने बताउदै नगरप्रमुख क्षेत्रीले नमुना नगरपालीका बनाउन सबैले रचनात्मक सहयोग गर्नुपर्ने धारणा व्यक्त गरिन् ।
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…