निजामती सेवा दिवस २०७७ का अवसरमा गल्याङ नगरपालिकामा कार्यक्रमको आयोजना

nijamati_galyang

गल्याङ : निजामती सेवा दिवस २०७७ का अवसरमा गल्याङ नगरपालिकामा एक कार्यक्रम गरी मनाइएको छ ।
‘स्वच्छ र सक्षम निजामती प्रशासनः सम्बृद्वि र सुशासन’ भन्ने नाराका साथ गल्याङ नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा औपचारिक कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि गल्याङ नगरपालिकाका उपप्रमुख देविसरा थापाले जनप्रतिनिधि र कर्मचारीको समन्वयकारी भूमिकाबाट सम्बृद्वि हासिल हुने बताउनुभयो ।
उहाँले सुशासन र परिवर्तनका लागि कर्मचारीको हात महत्वपूर्ण हुने भन्दै आफ्नो जिम्मेवारी र कर्तब्यबोधलाई सबैले मनन गर्नुपर्ने बताउनुभयो ।
उपप्रमुख थापाले जनप्रतिनिधिको निश्चित समय सिमा हुने भएकाले कर्मचारी प्रशासनको भूमिका अझै गहन हुने बताउनुभयो ।
जनताको अपेक्षा धेरै भएको अवस्थामा जनप्रतिनिधका बाध्यताहरु धेरै हुने भएकाले कर्मचारीले विशेष समन्वय गर्नुपर्ने उहाँको भनाई छ ।
कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले सम्बृद्वि र सुशासनका लागि स्थानीय निकायका कर्मचारीको अझै बढि जिम्मेवारी रहेको बताउनुभयो ।
उहाँले कर्मचारीले जनप्रतिनिधि र जनताको चाहना पुरा गर्नुपर्ने भएकाले सोही अनुसार काम गर्नुपर्ने बताउनुभयो ।

.


उपलब्ध ऐन नियम र कानूनमा टेकेर जनतालाई अधिकतम सेवा दिनु कर्मचारीको दायित्व भएको भन्दै उहाँले छिटो र छरितो रुपमा सेवा प्रवाह गर्न सधैं क्रियाशिल रहनुपर्ने बताउनुभयो ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख उपसचिव केदार राज आचार्यले देशका विभिन्न कार्यालयमा आवश्यकताका आधारमा कर्मचारीको व्यवस्थापन नभएको भन्दै दरबन्दी व्यवस्थापन भन्दा पनि कर्मचारी व्यवस्थापनमा केही कमजोरी रहेको बताउनुभयो । उहाँले विश्वकै तुलनामा नेपालमा थोरै सेवा सुविधामा नेपालका निजामती कर्मचारीले काम गरिरहनुपरेको भन्दै कर्मचारीले दोश दिनुभन्दा पनि उत्प्रेरणा दिनुपर्नेमा जोड दिनुभयो ।

.


कार्यक्रममा नगरपालिका आर्थिक प्रशासन शाखा प्रमुख भोजराज बगाले, सामाजिक शाखा प्रमुख ढालबहादुर केसीले पनि मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन प्रशासन शाखा प्रमुख दशरथ उपाध्यायले गर्नुभएको थियो ।

Facebook Comments Box
TOP