कालीगण्डकी पहिरो पीडितलाई सभासद पाण्डे र दियालो संस्थाको तर्फबाट नगद सहयोग ।

रेश्मीराज न्यौपाने/कालीगण्डकी :
कालीगण्डकी पहिरो पीडितलाई उनीहरु कै घरमा पुगेर आर्थिक सहयोग गरिएको छ । नेपाली कांग्रेसका नेता तथा संबिधान सभा सदस्य मोहन प्रसाद पाण्डे र दियालो संस्थाको तर्फबाट नगद सहयोग प्रदान गरिएको हो ।
संबिधान सभा सदस्य पाण्डेद्वारा मृतकका परिवारलाई रु १५ हजार तथा बिस्थापित परिवारका लागि रु १० हजार प्रदान गर्नु भएको हो । त्यस्तै दियालो संस्थाका तर्फबाट अध्यक्ष कविता तिवारी गैह्रेले मृतक र बिस्थापित परिवारका लागि रु १०/१० हजार प्रदान गर्नु भएको हो ।
सो अवसरमा दियालो संस्थाले केयर नेपाल, युकेएडबाट प्राप्त बिपन्न सामाग्री समेत परिवारजनलाई हस्तान्तण गरिएको थियो ।
गत असोज ८ गते कालीगण्डकी गाँउपालिका वडा नम्वर ४ गौतम टोलमा पहिरो जाँदा एक जनाको ज्यान गएको थियो भने दुई घर बिस्थापित भएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुका उपस्थिती रहेको थियो ।

.

Facebook Comments Box
TOP