कालीगण्डकी पहिरो पीडितलाई सभासद पाण्डे र दियालो संस्थाको तर्फबाट नगद सहयोग ।
रेश्मीराज न्यौपाने/कालीगण्डकी :
कालीगण्डकी पहिरो पीडितलाई उनीहरु कै घरमा पुगेर आर्थिक सहयोग गरिएको छ । नेपाली कांग्रेसका नेता तथा संबिधान सभा सदस्य मोहन प्रसाद पाण्डे र दियालो संस्थाको तर्फबाट नगद सहयोग प्रदान गरिएको हो ।
संबिधान सभा सदस्य पाण्डेद्वारा मृतकका परिवारलाई रु १५ हजार तथा बिस्थापित परिवारका लागि रु १० हजार प्रदान गर्नु भएको हो । त्यस्तै दियालो संस्थाका तर्फबाट अध्यक्ष कविता तिवारी गैह्रेले मृतक र बिस्थापित परिवारका लागि रु १०/१० हजार प्रदान गर्नु भएको हो ।
सो अवसरमा दियालो संस्थाले केयर नेपाल, युकेएडबाट प्राप्त बिपन्न सामाग्री समेत परिवारजनलाई हस्तान्तण गरिएको थियो ।
गत असोज ८ गते कालीगण्डकी गाँउपालिका वडा नम्वर ४ गौतम टोलमा पहिरो जाँदा एक जनाको ज्यान गएको थियो भने दुई घर बिस्थापित भएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुका उपस्थिती रहेको थियो ।
.




समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


