वालिङ : स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न
वालिङ :
वालिङ नगरपालिका अन्तर्गत स्वास्थ्य कार्यक्रमको आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक समीक्षा गरिएको छ ।
स्वास्थ्य शाखाको आयोजनामा भएको समीक्षा कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख दिलीपप्रताप खाँणले स्वास्थ्यका क्षेत्रमा देखिएका समस्या तथा चुनौतिहरुलाई समाधान गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वब्यापी महामारीकोरुपमा फैलिएको कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरुले अंग्रपंक्तिमा रहेर अविछिन्नरुपमा गर्नुभएको सेवा प्रशंसायोग्य रहेको बताउनुभयो ।
“वालिङका नागरिकहरु उपचारकै लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य गर्ने गरी सुविधासम्पन्न अस्पताल निर्माणको कार्य अगाडि बढिसकेको छ” नगर प्रमुख खाँणले भन्नुभयो, “अब छिट्टै वालिङका नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउने छौं” ।
.

कार्यक्रममा उपप्रमुख कल्पना तिवारीले स्वास्थ्यकर्मीको निरन्तरको खटाईले मात्रै महामारीको सामना गर्न सकिएको बताउनुभयो । उहाँले स्वास्थ्यको विकास र थप ब्यवस्थित गर्नका लागि आवश्यक बजेट विनियोजन गरिएको बताउनुभयो ।
समीक्षा कार्यक्रमबाट प्राप्त भएका सुझावहरुलाई ग्रहण गर्दै गतवर्षमा भएका कमी कमजोरीहरु सुधार गर्दै आगामी कार्यक्रमहरु बनाउनुपर्नेमा उपप्रमुख तिवारीले जोड दिनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली, शिक्षा शाखा प्रमुख बाबुराम सापकोटा, सामाजिक विकास समिति संयोजक यूगमाया पंगेनीले सुझावहरुलाई आत्मसात गर्दै कार्यान्वयनमा उतार्न जोड दिनुभयो ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले समीक्षा कार्यक्रमबाट प्राप्त सुझावहरुलाई ग्रहण गर्दै आगामी कार्यक्रमहरुमा कार्यान्वयन गर्दै जाने प्रतिबद्धता जनाउनुभयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


