स्याङ्जा : नगरपालिकाले विपन्न परिवाको घर बनाइदिने ।

स्याङ्जा : गल्याङ नगरपालिकाले खरको छाना र आर्थिक अवस्था कमजोर भएका विपन्न परिवाको घर निर्माण गरिदिने भएको छ । नगरपालिकाले वडा नं १० को पकवादीस्थित बराल गाउँका आर्थिक अवस्था कमजोर भएका चार घरपरिवारको लागि घर निर्माण गरिदिने भएपछि स्थानीय बासिन्दा खुसी भएका हुन् ।
स्थानीय युवा क्लबको सक्रियता र वडा कार्यालयको समन्वयमा घर निर्माण कार्यको शुरु गरिएको नगरपालिकाले जनाएको छ । घर निर्माण कार्यको शुभारम्भ गर्दै नगर प्रमुख भूपराज अधिकारीले भने, “घर भत्किएर विस्थापित भएका र आर्थिक अवस्था कमजोर भएका परिवारको घर निर्माणमा नगरपालिकाले सहयोग गर्छ ।”
साउन ११ गतेको अविरल वर्षाका कारण घर भत्किएर उनीहरु छिमेकीको घरमा बस्दै आएका थिए । घर निर्माणको लागि आवश्यक पर्ने निर्माण सामग्री नगरपालिकाले उपलब्ध गराउने तथा युवा क्लब र स्थानीय बासिन्दाले श्रमदान गरेर घर निर्माण गर्ने गरी काम शुरु गरिएको वडाध्यक्ष ध्रुव्रप्रसाद शर्मा पङ्गेनीले जानकारी दिए ।रासस
समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…