स्याङ्जामा संचालनमा ल्याइएको ‘फुड बैंक’ के हो ?

प्रकाश डोटेल/स्याङ्जा :
लामो समयदेखिको कोरोना कहरबाट दैनिक गुजारा चलाउन हम्मेहम्मे भएका परिवारलाई लक्षित गरेर स्याङ्जामा खाद्य सामग्री वितरण तथा संकलन केन्द्र ‘फुड बैंक’ संचालन गरिएको छ ।
पहिलो पाईला नेपाल जिल्ला शाखा स्याङ्जाले जिल्ला सदरमुकाम पुतलीबजार नगरपालिका वडा नं. १ शहिदचोकमा ‘फुड बैंक’ संचालनमा ल्याएको हो । “हुनेले दिएर जाऔं, नहुनेले लिएर” भन्ने अभियान अन्र्तगत ‘फुड बैंक’ संचालन गरिएको छ ।
“कोरोनाले त्रसित बनेको बेला मजदुरी गरेर खाने वर्गलाई लक्षित गरेर खाद्य सामग्री वितरण गर्न थालेका हौं ।” पहिलो पाईला नेपालका सदस्य झलक अर्यालले भने, “संस्थाका सदस्य, शुभेक्छुक र स्थानीय व्यवसायीको सहयोगमा अभियान संचालन गरेका छौं ।”
.

बुधबारबाट संचालनमा आएको ‘फुड बैंक’ बाट करिब १ परिवारले खाद्यान्न सामग्री लगेको संस्थाले जनाएको छ । संस्थाले हाल दाल, चामल, नुन, तेल र तरकारीजन्य सामग्री वितरण गरेको छ । सहयोग प्राप्त भईरहे अभियानलाई निरन्तरता दिदै जाने संस्थाले जनाएको छ ।
अभियान संचालन भएपछि जिल्ला सदरमुकाममा दैनिक ज्यालादारी गरेर गुजारा चलाउँने परिवारलाई सहज भएको स्थानीयले बताए । उनीहरुका अनुसार पूर्ण रुपमा काम बन्द भएका परिवारलाई अभियानले ठूलो राहत पुगेको छ ।
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…