गण्डकीमा आज मात्रै थपिए ६५ संक्रमित,तीन जनाकाे मृत्यु ।

गण्डकी प्रदेशमा आइतबार ६५ जना काेराेना संक्रमित थपिएकाछन् । त्यस्तै थप तीन जना संक्रमितकाे ज्यान गएकाे छ ।
याे सहित गण्डकीमा २ हजार ९ सय ६८ जनामा हालसम्म काेराेना पुष्टि भएकाे छ ।
आइतबार लमजुङ २७ जना ,नवलपुरका १४ जना, तनहुँका ६ जना, कास्कीका ६ जना, स्याङ्जाका ५ जना र गाेरखाका ७ जना गरी ६५ जनामा काेराेना पुष्टि भएकाे हाे ।
यस्तै थप तीन जनाकाे मृत्यु भएकाे छ । कास्की र गाेरखाका पुरूष र तनहुँकी महिलाकाे मृत्यु भएकाे हाे ।
याे सहित गण्डकीमा हालसम्म २४ जनाकाे काेराेनाका काेरण मृत्यु भएकाे छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…