गण्डकी प्रदेशमा थप ३ जना काेराेना संक्रिमतकाे मृत्यु ।

स्याङजा : गण्डकी प्रदेशका थप ३ जना काेराेना संक्रिमतकाे मृत्यु भएकाे छ । याेसँगै गण्डकीमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या २७ पुगेकाे छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार ३ जनाकै मृत्यु काठमाडाैंका विभिन्न अस्पतालमा भएकाे हाे ।
तनहुँकाे आबुखैरेनी गाउँपालिका ४ निवासी ७६ वर्षीया महिलाकाे मनमाेहन कार्डियाे भास्कुलर उपचार केन्द्र शिक्षण अस्पतालमा भदाै २४ गते मृत्यु भएकाे हाे । उनलाई मुटुसम्बन्धी समस्या थियाे ।
त्यस्तै गाेरखाकाे भीमसेन थापा ३ का ४५ वर्षे पुरुषकाे पनि टिचिङ अस्पतालमा भदाै २७ गते मृत्यु भएकाे हाे । उनमा मृगाैलासम्बन्धी समस्या थियाे ।
यस्तै कास्कीकाे मादी ४ घर भएर काठमाडाैं नयाँबजार बस्ने ५१ वर्षे पुरुषकाे सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा भदाै २७ गते निधन भएकाे छ । उनलाई क्यान्सर र हाइपाेथाइरािजमकाे समस्या थियाे ।
काेराेना संक्रमितकाे मृत्यु जहाँ भए पनि स्वास्थ्य मन्त्रालयले रेकर्ड राख्दा जुन प्रदेशकाे ठेगाना हाे त्यही अनुसार राख्ने गरेकाे छ ।
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…