गण्डकी प्रदेशमा थप ३ जना काेराेना संक्रिमतकाे मृत्यु ।
स्याङजा : गण्डकी प्रदेशका थप ३ जना काेराेना संक्रिमतकाे मृत्यु भएकाे छ । याेसँगै गण्डकीमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या २७ पुगेकाे छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार ३ जनाकै मृत्यु काठमाडाैंका विभिन्न अस्पतालमा भएकाे हाे ।
तनहुँकाे आबुखैरेनी गाउँपालिका ४ निवासी ७६ वर्षीया महिलाकाे मनमाेहन कार्डियाे भास्कुलर उपचार केन्द्र शिक्षण अस्पतालमा भदाै २४ गते मृत्यु भएकाे हाे । उनलाई मुटुसम्बन्धी समस्या थियाे ।
त्यस्तै गाेरखाकाे भीमसेन थापा ३ का ४५ वर्षे पुरुषकाे पनि टिचिङ अस्पतालमा भदाै २७ गते मृत्यु भएकाे हाे । उनमा मृगाैलासम्बन्धी समस्या थियाे ।
यस्तै कास्कीकाे मादी ४ घर भएर काठमाडाैं नयाँबजार बस्ने ५१ वर्षे पुरुषकाे सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा भदाै २७ गते निधन भएकाे छ । उनलाई क्यान्सर र हाइपाेथाइरािजमकाे समस्या थियाे ।
काेराेना संक्रमितकाे मृत्यु जहाँ भए पनि स्वास्थ्य मन्त्रालयले रेकर्ड राख्दा जुन प्रदेशकाे ठेगाना हाे त्यही अनुसार राख्ने गरेकाे छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


