बिर्घाका पहिरो पीडितलाई दुई लाख सहयोग, विस्थापितका लागि एकीकृत बस्ती बनाइदै ।

help-kaligandaki

भूपराज बस्याल/स्याङ्जा :
असार ३० मा अविरल बर्षसंगै आएको पहिरोमा परि ज्यान गुमाउने र विस्थापित भएका स्याङ्जा जिल्ला कालीगण्डकी गाउँपालिका ४ खहरेका परिवारहरुको लागि सामाजिक क्षेत्रमा सक्रिय तीन सस्थाले सयुक्त रुपमा दुई लाख रुपैयाँ सहयोग गरेका छन् ।
विभिन्न कामको सिलसिलामा स्याङ्जा जिल्लाबाट बिदेशमा पुगेकाहरुलाई संगठित गर्दै करिब २० ÷ २२ देशमा संगठन बिस्तार गरेको “स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिती” स्याङ्जा जिल्लाबाट दक्षिण कोरिया पुगेकाहरुको सस्था “स्याङ्जा परिवार दक्षिण कोरिया” र साबिकको कृष्ण गण्डकी गाबिस बाट दक्षिण कोरिया पुगेकाहरुको सस्था “कृष्ण गण्डकी समाज दक्षिण कोरिया” को सयुक्त पहलमा उक्त रकम संकलन गरी वितरण गरिएको स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष जिबन न्यौपानेले जानकारी दिनुभयो ।
बाढीबाट ज्यान गुमाएका र विस्थापित भएका दुई घर परिवारलाई चालीस चालीस हजार वितरण गरिएको थियो भने अन्य छ घर परिवारलाई प्रत्येक बिस हजार रुपैयाँको दरले रकम हस्तान्तरण गरिएको थियो । हस्तान्तरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम् कालीगण्डकी गाउँ पालिका उपाध्यक्ष सावित्री कोइरालाले विस्थापित परिवारहरुको लागि छिट्टै डिपिआर तयार पारेर एकीकृत नमूना बस्ती बनाउने तयारी भैरहेको जानकारी दिनुभयो । जिल्लाकै ठुलो बिपत्ति भएको हुँदा संघीय सरकार देखि प्रदेश सरकार हुँदै स्थानीय सरकारको विशेष ध्यान पुगेको हुँदा छिट्टै एकीकृत बस्तीको योजना अगाडी बढ्ने उहाँको तर्फ थियो ।

.

स्याङ्जा परिवार दक्षिण कोरियाका निवर्तमान अध्यक्ष राजु भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका सह कोषाध्यक्ष डोलराज डुम्रे, सदस्य धर्म पराजुली, सोही गाउँपालिका वडा नं ४ अध्यक्ष चक्रपाणी पाण्डे र नेपाल तरुण दल गाउँपालिका अध्यक्ष सुन्दर पाण्डे लगायतले आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो ।

असार २९ गते आएको भारि बर्षले बस्तिमा पार्न सक्ने असरको बारेमा असार ३० गते बिहान करीब सात बजे उक्त स्थानमा पुगेर अवलोकन गर्दैगर्दा माथी एक्कासि खसेरको पहिरोमा पुुरिएर चार जनाको मृत्यु भएको थियो पहिरोमा पुरिएर २ जना बाच्न सफल हुनुभएको थियो । पहिरोमा पुरिएर मृत्यु भएका चार जना मध्य तिनजनाको शव फेला परेको थियो एक जनाको हालसम्म पनि लास फेला पर्न सकेको छैन । शव फेला नपरेपनी घर परिवारले भने धार्मिक परम्परा अनुसार काजक्रिया सम्पन्न गरीसकेका छन् । उक्त पहिरोका कारण सात घरपरिवार समेत विस्थापित भएका छन् ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP