पुतलीबजारमा राष्ट्रिय बाल दिवस मनाइयो

भवानी अधिकारी/स्याङ्जा :
वाल अधिकारको सुनिश्चितता हामी सबैको प्रतिवद्धता भन्ने नाराका साथ राष्ट्रिय बाल दिवस मनाइएको छ । पुतलीबजार नगरपालिकाको आयोजनामा बालदिवसका अवसर पारेर नगर स्तरीय निवन्ध र चित्रकला प्रतियोगितागरी मनाइएको छ ।
बालदिवसका अवसरमा बोल्दै जिल्ला कार्यान्वयन पुननिर्माण इकाई स्याङ्जाका प्रमुख रामप्रसाद आचार्यले बिद्यार्थीलाई सहजरुपले पठन पाठन गराउने उदेश्यले इकाइ शाखाले पुननिर्माणका काम गर्दै आएको बताउनुभयो । उहाले जिल्लाभरका ३ सय ४७ वटा बिद्यालयमा भवन, शौचालय तथा खानेपानी लगायतका भौतिक निर्माण सम्पन्न गरेको जानकारी गराउनुभयो ।
कार्यक्रममा शिक्षा शाखा अधिकृत निलकण्ठ ढकालले लामो समयदेखि बन्द रहेका बिद्यालयलाई सरकारले भदौ १ गतेदेखि चार वटा विकल्प सहित पढाउन लागेको जनाउदै शिक्षक र बिद्यार्थीले ती बिद्यी अवलम्बन्न गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल शिक्षक संगठनका अध्यक्ष एवं प्रधानाध्यापक हिमलाल ढकाल, स्याङ्जा उच्च माध्यमिक बिद्यालयका प्रिन्सिपल लेखनाथ रेग्मी, महिला तथा बालबालिका शाखा प्रमुख ठगी खनाल लगायतले कोरोनाका कारण बालबालिकामा मनोवैज्ञानिक त्रास बढेको र अव उनीहरुका अध्ययनका लागि स्थानीय तहले चासो बढाउनुपर्नेमा जोड दिनुभयो ।
नगरप्रमुख सीमाकुमारी क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शिक्षा शाखा प्रमुख बलराम दोरंगाले गर्नुभएको थियो । कोरोनाका कारण महिला र बालबालिका प्रभावित बनेको बताउनुभयो । उहाले अव सधैं यस्ता कामले नहुने जनाउदै छिटै सरोकारवालाबीच छलफल गरेर पठन पाठनका क्रियाकलापलाई भौगोलिक अवस्था सुहाउदोगरी बिभिन्न बैकल्पिक उपायका माध्यमवाट सुरु गरिने बताउनुभयो ।
सोही कार्यक्रममा निबन्ध प्रतियोगितातर्फ प्रथम हुने रोशनी माविका प्रसुन मरासीनी, द्धितिय हुने स्याङ्जा उच्च माविका रिया श्रेष्ठ, तृतीय हुने जनता माविका देवकी राना र सान्तवना हुने श्रवण माविका सुप्रिया भण्डारीलाई पुरस्कृत गरिएको छ ।
यसैगरी, चित्रकलातर्फ प्रथम हुने ज्योती माविका प्रकृति श्रेष्ठ, द्धितिय हुने नुबहाकोट माविका जनम थापा, सरस्वती माविका सुगम परियार र कोल्मा माविका नेस्मा गुरुङलाई पनि पुरस्कृत गरिएको थियो ।

Facebook Comments Box
TOP