सांसद मल्ल सहितकाे प्राविधिक टोलिद्वारा कालीगण्डकीका बिभिन्न पहिरोको अवलोकन ।

सबिन डाेटेल/स्याङ्जा

गण्डकी प्रदेशका सांसद भागवत प्रकाश मल्ल र प्रमुख जिल्ला अधिकारी सहीतको प्राविधिक टोलीले कालीगण्डकी लसर्घा र खहरे पहीरो सहित त्यस क्षेत्रमा भएका विकास निमार्णका कामहरुको अवलोकन गरेका छन ।

अवलोकन टोलीमा सांसद मल्ल सहित प्रमुख जिल्ला अधिकारी गंगा वहादुर क्षेत्री , पुर्व सांसद शंकर प्रसाद पाण्डेय ,नेकपाका जिल्ला अध्यक्ष पारस गैरे , जिल्ला प्रहरी प्रमुख हाेबिन्द्र बाेगटी, पुनर्निर्माण प्रमुख प्रविन ढकाल , खानेपानीका डिई प्रेसचन्द्र डोटेल ,प्राविधिक टिम,गांउपालिका काअध्यक्ष खिमवहादुर थापा ,उपाध्यक्ष सावित्रा कोईराला ,महिला नेत्री तथा महासमीती सदस्य माया राना, नेपाली कांग्रेसका नेता शेरवहादुर थापा , वडाका अध्यक्ष हरु नरवहादुर राना , चक्र पाण्डेय , तरुण दल कालीगण्डकीका सभापती सुन्दर पाण्डेय, वडा सदस्यहरु होमनाथ पाण्डेय किसान , सरस्वती पाण्डेय ,तुलसा नेपाली ,लगायत रहनु भएको थियो ।

.

टोलीले खहरे लाकुर्थोक पहिरो र लसर्घाको पहिरोको अबलोकन गरी प्राविधिकहरुले फीजीवीलिटि सर्वे गरेका छन् डिटेल स्टीमेट गरेर रोकथाम गर्ने निर्णण गरेको छ । वाटो निर्माण हुदा क्षती पुर्याएको कलवड र नालीलाई स्थाई व्यवस्थीत गर्ने , विस्थापीत भएकालाई पुनरवासको व्यवस्था गरीने सांसद मल्लले जानकारी दिनुभएको छ । टोलीले निमार्णधिन कालीगण्डकी गाउपालिकाको भवन , खानेपनी मुहान , प्रहरी भवन लगायतका विकास निमार्णका कामहरुको अवलोकन गरेको थियो । लसर्घामा सन्चालन भएको मुख्य मन्त्री कृषी गाउ अन्तर्गत वाख्रा पालनको पनी अवलोकन गरेको सांसद मल्लले जानकारी दिनुभयाे ।

.

Facebook Comments Box
TOP