विगो बुझाउन नसकेर रिहा नभएका कैदीहरुलाई स्याङ्जाका नेताहरुले गरे आर्थिक सहयोग

जिल्ला कारागार स्याङ्जामा रहेका ४ कैदीहरुलाई जिल्लामा क्रियाशिल राजनैतिक नेतृत्वले विगो वापतको रकम तिरेर रिहा गराउन लागेका छन् ।

नेपाली कांग्रेसका नेता तथा संविधान सभाका सदस्य राजु थापा र नेकपा स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैह्रे ‘पारस’ ले संविधान दिवसको अवसरमा क्रमशः २/२ जना कैदीलाई उनीहरूले तिर्न नसकेको विगोबापतको रकम तिरिदिएर छुटाउन लागेका हुन् । 

चोरी केसमा कैदमा राखिएका ४ जना कैदीले विगोबापतको रकम तिर्न सकेका थिएनन् । पारस र थापाले ५/५ हजार रुपैयाँ कारागारलाई हस्तान्तरण गरेर ४ कैदीलाई निकाल्न लागेका हुन् । उनीहरूले पुरा गर्नुपर्ने कैदमा ५० प्रतिशत छुट दिई संविधान दिवसको अवसरमा छाड्न लागिएको जिल्ला कारागारका जेलर शाखा अधिकृत चुणामणि भण्डारीले जानकारी दिए । 

संविधान दिवसको अवसरमा ५० प्रतिशत कैद भुक्तान गरी छुट पाएका कैदीहरु पुतलीबजार नगरपालिका–१, का डमबहादुर गुरुङ, भक्त बहादुर भुजेल, अर्जुनचौपारी–२, का पितम खत्री, शंखर खत्री र चापाकोट नगरपालिका–२, का लालबहादुर नेपाली रहेका छन् । गुरुङ, भुजेल र खत्रीद्वयलाई राजनैतिक नेतृत्वले रकम जम्मा छाड्न छाड्न लागिएको हो

सधैं झै जिल्ला कारागरले जेलमा राम्रो व्यवहार देखाउनेहरुलाई संविधान दिवसको अवसरमा कैदमा मिनाहा स्वरूप छोड्दै आएको छ । कारागारले वार्षिक रुपमा २/३ जनालाई छोड्दै आएकोमा यो पटक ५ जनालाई छोड्न लागेको हो । 

संविधान दिवसको अवसरमा ५० प्रतिशत कैद भुक्तान गरी छुट पाएको चापाकोट–२, का नेपाली गौबदमा जेल चलान भएका थिए । हाल कारागारमा १ सय ४८ पुरुष र १४ महिला गरि जम्मा १ सय ६२ कैदी बन्दी रहेका छन् । समाचार तथा तस्वीर : लाेकान्तर डटकमबाट
 

Facebook Comments Box
TOP