चाड पर्व तथा परम्पराको नाममा भोज भतेर नगर्न अनुरोध
तोलाकान्त बगाले/वालिङ:
कोभिड १९ को संक्रमणलाई लक्षित गरी चाडपर्व तथा परम्पराको नाममा भोज भतेर नगर्न वालिङ नगरपालिकाले नगरबासीसँग अनुरोध गरेको छ ।
वालिङ नगरपालिकाले कोभिड १९ को संक्रमण समुदायस्तरमा समेत पुगिसकेको अवस्थामा यसको रोकथाम तथा नियन्त्रणका लागि सचेतनास्वरुप भोज भतेर नगर्न र एक ठाउँबाट अर्को ठाउँमा नजान पनि अनुरोध गरेको हो ।
बन्दाबन्दी जारी रहेको अवस्थामा चाडपर्वहरुमा नगरबासी नागरिकहरु जहाँ जहाँ हुनुहुन्छ उहाँहरुलाई त्यही ठाउँमा बस्न अनुरोध गरिएको वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताउनुभयो ।
वालिङ नगर प्रमुख एवं विपत ब्यवस्थापन समितिका संयोजक दिलिपप्रताप खाँणको उपस्थितिमा बसेको बैठकले बैंक तथा वित्तीय संस्थाहरुबाट प्रदान गरिने एटिएम बाहेकका सबै सेवाहरु भदौ ९ गतेसम्म बन्द गर्ने, अत्यावश्यक बाहेकका वस्तु तथा सेवाहरुको सञ्चालन भदौं ३ गतेदेखि लागू हुने गरी विहान ७ देखि ९ बजे र साँझ ५ देखि ७ बजे सञ्चालन गर्ने, अति जरुरी काम परी घर बाहिर निस्कनुपरेमा अनिवार्यरुपमा मास्कको प्रयोग गर्ने तथा सामाजिक भौतिक दूरी कायम राख्ने निर्णय भएको छ ।
जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रको बैठकबाट स्याङ्जा जिल्लामा पुनः एकसाता निषेधाज्ञा जारी गरेको अवस्थामा वालिङ नगरपालिकाले त्यसको कार्यान्वयनमा जोड दिंदै निषेधाज्ञाको अवज्ञा गर्ने गराउने जो कोहीलाई पनि संक्रामक रोग ऐन २०२० र अन्य प्रचलित कानून बमोजिम कारबाही हुने ब्यवस्था रहेको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताउनुभयो ।
नेपाली महिलाहरुको महान चाड हरितालिका तीजका समयमा टोल टोलमा दर खाने तथा एकै ठाउँमा भेला भएर नाँच गान गर्नाले पनि जोखिम बढ्न सक्ने भएकाले सावधानी अपनाउन नगरपालिकाले नगरका विभिन्न भागमा प्रचार प्रचारस्वरुप माईकिङ गरेको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


