वालिङको ढाका हङकङ र बेलायतमा कोसेली
कला राना/स्याङ्जा : महिला उद्यमशीलताका लागी यहाँका महिलाहरु समुहमा संगठित भएका छन् । वालिङका महिलाहरु समुहमार्फत उद्यमशीलतामा जोडिएका हुन् ।
१ वर्षअगाडि संगठित भएका महिलाहरु अहिले समुहमा ढाका बुनिरहेका छन् । वालिङमा रैँया महिला विकास समिति गठन गरी अगाडि बढेका महिलाहरु अहिले समुहमा ढाका बुन्नमा व्यस्त छन् ।
३ महिने ढाका बुनाई तालिम लिएका महिलाहरु अहिले ढाकाका रुमाल, खादा र सलहरु उत्पादन गरिरहेका छन् । यहाँ बनाईएका खादा र सलहरु बेलायत र हङकङमा समेत कोशेलीको रुपमा समेत लगिसकेका छन् ।
घरेलू तथा साना उद्योग कार्यालय स्याङ्जाबाट ३ महिने तालिम लिएका महिलाहरु १ वर्षदेखि ढाका बुनिरहेका छन् । तालिम लिएर यहाँको वालिङ उद्योग वाणिज्य संघको हलमा सामुहिक ढाका बुनिरहेका महिलाहरुले अर्डरका सल, खादा र रुमाल बनेका हुन् ।
समुहमा काम गर्दा एकअर्कोलाई सिप आदानप्रदान हुनुका साथै नयाँ नयाँ तरिकाहरु समेत आउने रैँया समूहकी अध्यक्ष कुमारी रानाले बताउनुभयो ।
रानाले भन्नुभयो, ‘हामीले समुहमार्फत ढाका बुनिरहेका छौँ । समुहमा कोष समेत स्थापना गरेका छौँ । त्यही कोषबाट हामीले समुह सञ्चालन गरेका छौँ ।’
समुहका दिदिबहिनीहरुबाटे पैसा जम्मा गर्ने र त्यही पैसा आवश्यक पर्दा ऋण समेत आदानप्रदान हुने गरेको अध्यक्ष रानाले बताउनुभयो । वालिङ नगरपालिकाले समेत हजार पिस स्मार्ट सिटि वालिङ लेखिएको ढाकाको रुमाल अर्डर गरेकाले अहिले त्यसमा कडाई भर्ने काममा दिदिबहिनी व्यस्त रहेको समुहकी उपाध्यक्ष कृष्णा थापाले बताउनुभयो ।
उपाध्यक्ष थापाले भन्नुभयो, ढाका बुनाईमा दिदिबहीनीको निकै उत्साह रहेको छ । गुरुङ, मगर पोसाकका लागी सलहरुको समेत अर्डर भईरहेको छ ।’ शिक्षण पेशामा रहनुभएकी थापा यो लकडाउनको अवधिमा ढाका बुन्नमै व्यस्त रहेको उहाँले बताउनुभयो ।
समूहकी सचिव रुपा आले भन्नुहुन्छ, ‘हामीले अर्डरका काम गरेका छौँ, हामीले बनाएका सल, ढाकाहरु हङकङ, यूके र बेलायतमा कोशेलीको रुपमा समेत पुग्यो ।’ यहाँका स्थानीय मेला महोत्सवदेखि तिहारमा दाजुभाई तथा दिदिबहिनीलाई उपहारको रुपमा समेत ढाकाका खादा र सलहरु बिक्रि गरिएको सचिव आलेको भनाई छ ।
हरेक महिलाको हातमा सिप पुर्याउनु महिला समुहको उद्देश्य रहेको भन्दै सिप बिना सक्षम र आत्मनिर्भर हुन नसक्ने भन्दै सिप विस्तारमा समुह प्रतिवद्ध रहेको सचिव आलेले बताउनुभयो ।
अर्डरकै काममा भ्याईनभ्याई रहेको महिलाहरु हाल भने वाणिज्य संघको हल निर्माणका कारण घरघरमै तान लगेर समेत महिलाहरुले ढाका बुनिरहेका छन् । घरघरमा तान लगेर ढाका बुन्दा निकै असहज भएकाले एकै ठाउँमा बुन्दा निकै सहज हुने महिलाहरुको भनाई छ ।
तत्काललै कुनै स्थानमा भाडामा ढाका उद्योग सञ्चालन गर्न आर्थिकलगायतका कठिनाई भएको उनीहरुको गुनासो छ । केहि सहयोग मिले वालिङको केन्द्रमा ढाका बुनाई केन्द्र मार्फत महिलाहरु एकै स्थानमा काम गर्न चाहान्छन् । गछौँ भन्ने समुहलाई सम्बन्धीत निकायले चासो दिनुपर्ने देखिन्छ ।
साभार –अनलाईन रेडियो नेपाल डट जिओभी डट एन्पी बाट
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


