वालिङमा एकैदिन तीन स्थानमा आगोलागी,लाखौंको क्षती ।

नारायण विश्वकर्मा : स्याङजामा एकैदिन तीन स्थानमा आगोलागी भएको छ । वालिङ नगरपालिका १२ स्थित गोठमा, वालिङ नगरपालिका एक स्थित स्कुटरमा र वालिङ नगरपालिका आठ स्थित भान्सा कोठामा आगोलागी भएको छ ।
वालिङ नगरपालिका १२ डाँडाखर्क स्थित यामकुमारी न्यौपानेको ढुङ्गामाटोले बनेको खरले छाएको एकतले कच्ची गोठमा अचानक आगोलागी भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डिएसपी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए । आगोलागीमा परी गोठमा रहेको एक भैसि सामान्य घाईते भएको छ । मानबिय क्षति नभएको र गोठ पुर्णरुपमा जलि नष्ट भएको अधिकारीले जनाए । न्यौपानेको तीन लाख बराबरको क्षती भएको छ ।
यस्तै वालिङ नगरपालिका एक मा एक स्कुटर पुर्णरुपमा जलेर नष्ट भएको छ । डिएसी अधिकारीका अनुसार शेराटोल देबीस्थान स्थित सामुदायिक भवन अगाडी आगो बली रहेको स्कुटी गस्ति गरिहेका प्रहरीले देखेपछि निभाएका थिए । नम्बर नखुलेको स्कुटर पुर्णरुपमा जलेको सूचना अधिकारीको भनाई छ । बा. ४२ प. २३७९ नम्बरको स्कुटर वालिङ नगरपालिका दुई बस्ने २७ बर्षीय विरेन्द्र थापाका रहेको अनुसन्धानपछि खुलेको छ ।
अधिकारीका अनुसार दुई महिना अघि वालिङ नगरपालिका एक रामबाच्छामा रहको स्वरेक कालिका ग्यारेजमा काम गर्ने १७ बर्षीय जगत थापाले स्कुटर मर्मत गरी चलाएर्र हिड्ने गरेको खुल्न आएको छ । आगोलागीको कारण अझै नखुलेका सूचना अधिकारी डिएसपी अधिकारीले बताए ।
यस्तै वालिङ नगरपालिका आठ जैसीपधेरा स्थित ५६ बर्षीय मधु श्रेष्ठको घरको भान्सा कोठामा खाना बनाउने क्रममा सिलिण्ड लिग भई आगोलागी भएको छलागी भएको छ । 
आगोलागीमा करिब छ लाख बराबरको क्षती भएको छ भने मानविय क्षती नभएको प्रहरीको भनाई छ । तीनै स्थानको आगो प्रहरी र स्थानीयको सहयोगमा  नियन्त्रणमा आएको छ ।

Facebook Comments Box
TOP