स्याङ्जाको वालिङ खरको छाना मुक्त हुँदै
प्रकाश डोटेल/स्याङ्जा :
स्मार्ट सिटीका रुपमा विकसित हुँदै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले नगरलाई खरको छाना मुक्त हुने भएको छ । खरका छाना भएका नगरवासिलाई अनुदानमा जस्तापाता उपलब्ध गराएपछि वालिङ खरको छाना मुक्त हुने भएको हो ।
खरको छाना मुक्त बनाउने कार्यक्रम अन्र्तगत आर्थिक वर्ष २०७६÷०७७ मा नगरपालिकामा आबेदन दिएका ३ सय घरपरिवार थिए । नगरपालिकाको झण्डै ३६ लाख खर्चमा गएको वर्ष सतप्रतिशत अनुदानमा १ सय १६ घरले जस्तापाता लगाईएको छ ।
“गत वर्षमा आबेदन दिएका परिवारलाई चालु आर्थिक वर्ष २०७७÷०७८ मा अनुदानमा जस्तापाता दिएर खरको छानो विस्थापित गछौं ।” नगर प्रमुख दिलिपप्रताप खाँणले भने, “पहिलो चरणमा खरको छाना विस्थापन गर्न आर्थिक क्षमता भएकालाई अनुदानमा जस्तापाता दिएका छौं ।”
“नगर क्षेत्रमा आर्थिक अभावमा खरको छाना विस्थापन गर्न नसक्ने परिवारको पहिचान गरेर छाना विस्थापन गरेर जस्तापाता लगाई दिने तयारीमा छौं ।” नगर प्रमुख खाँणले भने, “आबेदन दिने र आर्थिक अभावमा खरको छाना विस्थापन गर्न नसक्ने परिवारको संख्या उस्तै छ ।”
खरको छाना विस्थापन गर्न चालु आर्थिक वर्षमा पनि झण्डै ३५ लाख विनियोजन गरिएको नगरपालिकाले जनाएको छ । विनियोजित बजेटबाट आबेदन दिएर अनुदान नपाएका घरपरिवारलाई जस्तापाता उपलब्ध गराउने नगरपालिकाले लक्ष्य लिएको छ ।
.

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


