स्याङ्जाको वालिङ खरको छाना मुक्त हुँदै


प्रकाश डोटेल/स्याङ्जा :

स्मार्ट सिटीका रुपमा विकसित हुँदै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले नगरलाई खरको छाना मुक्त हुने भएको छ । खरका छाना भएका नगरवासिलाई अनुदानमा जस्तापाता उपलब्ध गराएपछि वालिङ खरको छाना मुक्त हुने भएको हो ।

खरको छाना मुक्त बनाउने कार्यक्रम अन्र्तगत आर्थिक वर्ष २०७६÷०७७ मा नगरपालिकामा आबेदन दिएका ३ सय घरपरिवार थिए । नगरपालिकाको झण्डै ३६ लाख खर्चमा गएको वर्ष सतप्रतिशत अनुदानमा १ सय १६ घरले जस्तापाता लगाईएको छ ।

“गत वर्षमा आबेदन दिएका परिवारलाई चालु आर्थिक वर्ष २०७७÷०७८ मा अनुदानमा जस्तापाता दिएर खरको छानो विस्थापित गछौं ।” नगर प्रमुख दिलिपप्रताप खाँणले भने, “पहिलो चरणमा खरको छाना विस्थापन गर्न आर्थिक क्षमता भएकालाई अनुदानमा जस्तापाता दिएका छौं ।”

“नगर क्षेत्रमा आर्थिक अभावमा खरको छाना विस्थापन गर्न नसक्ने परिवारको पहिचान गरेर छाना विस्थापन गरेर जस्तापाता लगाई दिने तयारीमा छौं ।” नगर प्रमुख खाँणले भने, “आबेदन दिने र आर्थिक अभावमा खरको छाना विस्थापन गर्न नसक्ने परिवारको संख्या उस्तै छ ।”

खरको छाना विस्थापन गर्न चालु आर्थिक वर्षमा पनि झण्डै ३५ लाख विनियोजन गरिएको नगरपालिकाले जनाएको छ । विनियोजित बजेटबाट आबेदन दिएर अनुदान नपाएका घरपरिवारलाई जस्तापाता उपलब्ध गराउने नगरपालिकाले लक्ष्य लिएको छ ।

.

Facebook Comments Box
TOP